रामेछाप २ पुस । लिखुतामाकोशी गाउँपालिका ७ नवदर्शन मावि तिल्पुङका आइटी शिक्षक मानबहादुर सार्की विरुद्ध उक्त विद्यालयमा अध्ययनरत एक बालीकाले यौंन दुब्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरि दिएकि छन् । यौन दुव्र्यवहार गरेको भन्दै आईतबार आफनो परिवारको सहयोगमा वालीकाले प्रहरी कार्यालय मन्थलीमा शिक्षक मान बहादुर सार्किलाई कार्वाहिको माग सहित किटानी जाहेरी दिएकी हुन् ।
जाहेरीमा गत मंसिर २७ गते दिउँसो विद्यालय वाहिरको एउटा घरमा बोलाएर प्रश्नपत्र दिने भन्दै वालीकालाई अंकमाल गर्ने संबेदनसिल अङ्ग चलाउने जस्ता गतिविधि गरेका थिए । जसलाई छात्राले ठाडै ईन्कार गरेकी थिइन् । उक्ता कुराहरु समेत छात्राले जाहेरीमा उल्लेख गरेकोले शिक्षकलाई बाल यौैंन दुब्यवहारको कसुरमा जाहेरी दर्ता भएको रामेछापका प्रहरी प्रमुख प्रनाउ होम बहादुर पराजुलिले जानकारी दिनुभयो । उहाँका अनुसार पिडक शिक्षक भने फरार रहेको र उनको तदारकताका साथ खोजि भईरहेको छ ।
शिक्षक मानबहादुर सार्कीले कक्षा ९ मा अध्ययनरत शिक्षक बाट यस्तो ब्यवहार भएपछि पिडित बालीकाले आफना साथीहरू र घरमा गएर पनि घटनाको विवरण वताएकि थिईन् । सबैले पीडकलाई कार्वाहिको दायरामा ल्याउनु पर्ने सुझाब दिए पछि भोलीपल्ट घटनाको वास्तविक विवरण बाहिर आएर कार्वाहि प्रक्रियामा जानका लागि सहज वातावरण बनेको हो । सोहि आधारमा वालीकाले विद्यालयमा निवेदन दिएर घटनाको विवरण बाहिर आएसंगै शिक्षक सार्कि फरार रहेका छन् । राजनितिक रुपमा पनि घटनालाई स्थानिय स्तरमा मिलाउन ठुलै चलखेल भएको थियो । चलखेल अन्र्तगत बालीकालाई पैसा दिएर मिलाउने सम्मको प्रयास पनि भएको श्रोतले वताएको छ । पीडक सार्कि स्थानिय माओवादी कार्यकर्ता रहेको पनि श्रोतको भनाई रहेको छ ।











यो बारेमा तपाईको प्रतिकृया