रामेछाप । गोकुलगंगा गाउँपालिकाले सञ्चालन गरेको ‘चौथो राष्ट्रपति रनिङ ल्ड’को उपाधि सोही पालिका २को शारदा मावि ठोसले चुमेको छ ।
गएको शनिवारदेखि मावि ठोसेको खेल मैदानमा खेलाइएको उक्त प्रतियोगिता अन्तर्गत उसले विभिन्न खेल विधामा ७ स्वर्ण, ९ रजत र ४ कांस्य पदक गरी कूल २० पदक हात लाउँदै ‘चौथो राष्ट्रपति रनिङ फिल्ड’को उपाधि चुम्न सफल भएको हो ।
पालिका स्तरिय उक्त प्रतियोगितामा पालिका भित्रका ७ वटा माध्यमिक विद्यालयका खेलाडीहरूले विभिन्न विधामा खेल खेलेका थिए । गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले उद्घाटन गर्नु भएको उक्त प्रतियोगिता अन्तर्गत ६ स्वर्ण, ४ रजत पदक हात लाउँदै जन जागृत मावि बेताली द्धितिय र ३ कांस्य पदक सहित १३ पदक प्राप्त गरी गोकुलगंगा मावि वडा नं ३ रस्नालुले तृतिय स्थान हासिल गर्न सफल भएको छ ।
त्यसैगरि जट्टेश्वरी मावि चुचुरेले ४ स्वर्ण, २ रजत र १० कांस्य सहित चौथो स्थान प्राप्त गरेको थियो । त्यसै गरी उक्त प्रतियोगितामा कमलादेवी मावि नामाडि ले ११ पदक, फर्पु माविले ५ र सेवी देवी मावि चुचुरेले कुल ३ पदक प्राप्त गरेको थियो । पालिकाको साँढे ६ लाख रुपैयाँको लागतमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो
।
विजेता खेलाडीहरूलाई सङ्घीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले पुरस्कार सहित फिल्ड, ट्रफि, मेडल र प्रमाण –पत्र प्रदान गर्नु भएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया