रामेछाप ११ पुस । नेपाली काँग्रेसका युवा नेता एवं नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको निधन भएको छ । उहाँको मङ्गलवार राति हृदय घातका कारण ५० वर्षको उमेरमा निधन भएको हो । आफ्नो होटेलको शौचालयमा ढलेका श्रेष्ठको उपचारको क्रममा कृष्ट अस्पतालमा मृत्यु भएको थियो ।
खाँडादेवी गाउँपालिकाको पकरबास घर भएका नेता श्रेष्ठ राजधानी काठमाडौँमा बसेर व्यवसाय गर्दे आउनु भएको थियो । बाल्य काल देखिनै नेपाल विद्यार्थी सङ्घबाट राजतिनि यात्रा सुरु गर्नु भएका श्रेष्ठले नेपाली काँग्रेसको राजनीतिमा अब्बल र सक्रिय कार्यकर्ताको रूपमा आफ्नो पहिचान बनाउनु भएको थियो । पार्टी र जनताको सेवामा समर्पित श्रेष्ठ सबै नेता कार्यकर्ताहरूले सम्मृद्धिका लागि अनिवार्य व्यवसायमा लाग्नु पर्ने र नेपाली काँग्रेसलाई युवाको हातमा सुम्पँदै जनताको समस्या समाधान गर्न सक्ने पार्टी बनाउनु पर्नेमा जोड् दिने गर्नु हुन्थ्यो ।
लामो समय निष्क्रिय जस्तै रहेको नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिको नेतृत्वमा राजनारायण आएपछि सम्पर्क समिति सक्रिय र चलायमान बनेको थियो । स्वः श्रेष्ठको पार्थिव शरीर लाई पौष १२ गते बिहीबार पशुपतिको आर्यघाटमा अन्तिम दहासंस्कर गर्नै कार्यक्रम तय भएको श्रेष्ठको पारिवारिक श्रोतले जनाएको छ ।











यो बारेमा तपाईको प्रतिकृया