Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप  नगर स्तरीय  छैटौँ राष्ट्रपति  टुंंडिखेलमा आरम्भ 

नेपाल अभियान नेपाल अभियान
१२ पुष २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
53
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १२ पुस । रामेछाप नगरपालिकाको  नगर स्तरीय छैटौं  राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० आजबाट पुरानो सदरमुकाम रामेछाप बजारको टुँडिखेल मैदानमा  सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठले  एक समारोहका बिच गर्नु भएको हो ।

                सो कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सांसद श्रेष्ठले खेलकुदको विकास विना राष्ट्रको विकास सम्भव नभएकोले सरकारले खेलकुदको क्षेत्रमा लगानी गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले खेलकुद विकासको गतिसङै शैक्षिक विकासको गतिलाई पनि उत्तिकै महत्वदिनु पर्ने भएकोले यसको सुधारका लागि नीतिगत रूपमा रहेका जटिलताहरू फुकाउनु आवश्यक रहेको र त्यसका लागि आफू पनि सक्रिय रूपमा लागि पर्ने प्रतिवदता व्यक्त गर्नू भयो  । 

सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका बागमती प्रदेशका अर्का सांसद आनन्द कुमार श्रेष्ठले खेल मानव जीवनको महत्त्वपूर्ण अङ्ग रहेको भन्दै यसको थप विकासका लागि, लागि पर्न सरोकारवाला पक्षलाई आग्रह गर्नु भयो । उहाँले सबै स्थानीय सरकारको लगानी र इच्छा शक्तिले मात्र खेलकुदको विकासमा आशातीत सुधार हुन नसक्ने भन्दै यसका लागि आफू पनि लागि पर्ने धारणा राख्नु भयो  ।

रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले बजेटमा भएको पाबन्दीका कारण नगर पालिकाले चाहँदा चाहँदै पनि खेलकुद र नगरको सर्वाङ्गीण विकासको क्षेत्रमा सोचे जति काम गर्न नसकेको भन्दै त्यसका लागि प्रदेश सरकारका माननीयहरू मार्फत थप सहयोगका लागि लागि आग्रह गर्नु भयो । उहाँले भन्नु भयो– आफू निश्चित समयका लागि मात्र नगरको नेतृत्वमा आएकोले आफ्नो कार्यकालमा सके जति राम्रो काम गर्ने प्रयत्न गर्ने सोच आफूले बनाएको बताउनु भयो । 

  उक्त कार्यक्रमा रामेछाप नगरपालीकाकी उप प्रमुख बाल कुमारी कार्कि थापा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरे र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरेले रामेछाप  नगर स्तरीय  छैटौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता मार्फत  खेलकुदको गतिविधीलाई वडा स्तर सम्म विकास गर्न सके खेलकुदको संस्थागत विकासमा सहयोग पुग्ने धारणा राख्नु भयो  । 

सो अवसरमा नगर भित्र रहेका ९ वटा वडाका  ११वडा माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको  समेत  सहभागिता रहेको थियो ।खेलकुद आगामी शनिवार समापन गर्ने गरी कार्यक्रम तय भएको आयोजक पक्षले जनाएको छ ।

कार्यक्रमका अवसरमा सहभागी ११ विद्यालयहरूले प्रतियोगितात्मक  मार्च पास गरेका थिए । मार्च पासमा  मावि गौरीशङ्करले सहभागी विद्यालयहरू मध्य सर्वोत्कृष्टता  हाँसिल गर्दे पुरस्कार र प्रमाण प्राप्त गरेको थियो भने शारदा संस्कृत मावि बावियाखर्कका विद्यार्थीहरूले कार्यक्रमको आरम्भमा स्वस्ति वाचन गरेका थिए   । 

बिहीबार ,शुक्रवार र शनिवार गरी तीन दिन सम्म सञ्चालन गरिने उक्त प्रतियोगिताका विभिन्न ७ विधाका खेललाई समावेश गराइएको र त्यसको उचित व्यवस्थापनका लागि विभिन्न समिति र उप समिति निर्माण गरी जिम्मेवारी समेत निर्धारण गरी सकिएको रामेछाप नगर शिक्षा शाखाका प्रमुख नमराज प्रसाद बडुले जानकारी दिनुभयो । 

Share21Tweet13Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१२ पुष २०८०, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१२ पुष २०८०, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१२ पुष २०८०, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१२ पुष २०८०, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१२ पुष २०८०, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१२ पुष २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.