Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुस २६ बाट  चल्ने रामेछापमा वृहत् महोत्सवमा ५० हजारले अवलोकन गर्ने अनुमान  

नेपाल अभियान नेपाल अभियान
१३ पुष २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
42
SHARES
Share on FacebookShare on Twitter

  रामेछाप १२ पुस । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन  प्रर्बधन सँगै  कृषि उत्पादनहरूको बजारीकरण गर्दे सर्व साधारणको आय स्तरलाई चलायमान बनाउने दीर्घकालीन उद्देश्यका साथ  रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापले यही पौष २६ गते देखि माघ ७ सम्म बृहत् रामेछाप महोत्सव गर्ने भएको छ ।उसले बिहीबार आफ्नो सभा हलमा  पत्रकार सम्मेलन गरी बृहत् रामेछाप महोत्सव २०८०कोलागि हाल सम्मको  तयारी र ११ दिन सम्म गरिने कार्यक्रमको बारेमा  जानकारी गराएको हो ।

 बागमती प्रदेशका मुख्य मन्त्री सालिक राम जम्कटेलको हातबाट  उद्घाटन गर्न लागिएको  महोत्सवलाई जिल्लाको सबै पक्ष र सबै क्षेत्र सँगको सहयोग र समन्वयमा सफल पार्ने कार्यक्रम तय भएको  उक्त पत्रकार सम्मेलनका क्रममा रामेछाप उद्योग वाणिज्य सङ्गका अध्यक्ष नवीन कुमार थापा मगरले जानकारी दिनु भयो । महोत्सवलाई अभियानकै रूपमा अघि बढाइने त्यसलाई सफल बनाउनका सङ्घका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेको संयोजकत्वमा मूल समारोह समिति र उक्त समिति मातहत १५ वटा उप समिति गठन गरी उप समितिहरूले काम समेत सुरु गरी सकेको पनि पत्रकार सम्मेलनका क्रममा बताइएको थियो ।

‘रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत र पर्यटन तथा पूर्वाधार’ हाम्रो रामेछाप, राम्रो रामेछाप भन्ने मूल नाराका साथ जिल्ला समन्वय समितिको सभा हल पछाडिको मैदानमा सञ्चालन गर्न लागिएको  महोत्सवमा जिल्ला भरिका कृषि तथा उद्यमीहरूले उत्पादन गरेका विभिन्न थरिका सामाग्री सँगै  हस्तकलाका सामाग्रीको  बिक्री र प्रर्दशनिका लागि  १ सय ५० वटा स्टलको व्यवस्था समेत आयोजकले गरेको छ  । त्यसका लागि जिल्लाका सर्व स्थानीय निकाय सँग समेत समन्वय गरी त्यहाँका उत्पादनलाई पनि महोत्सव सम्म ल्याउने व्यवस्थाका लागि पनि सबै पालिकाका अध्यक्ष सँग बसेर समन्वयात्मक बैठक गरी सकिएको र जिल्ला स्तरमा पनि सर्व दलिए र सर्व पक्षीय बैठक बोलाएर अभियानलाई सफल बनाउनका लागि आवश्यक सर सहयोग र सुझाव समेत लिने तयारी पनि आयोजक पक्षले गरेको छ ।

 सबै स्थानीय तहसँग समन्वय गरेर त्यहाँ फलेका, बनाइएका सामाग्रीहरू राखिने स्टलमा सम्बन्धित  गाउँपालिकाको  नाम सहितको स्टल राख्ने व्यवस्था पनि मिलाइने छ । 

 जिल्ला भरिका सबै स्थानीय  सरकार प्रमुख हरू बाट आर्थिक सहयोगका लागि समेत आवश्यक वचन प्राप्त भई  महोत्सवलाई सफल बनाउने अभियानमा पूर्ण सहयोग हुने र त्यसका लागि स्थानीय स्तरको उत्पादनलाई महोत्सव स्थल सम्म पठाइदिने बचन प्राप्त भएका कारण  आफूहरू थप उत्साहका साथ अभियानमा लागि परेको पनि अध्यक्ष थापा मगरले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । ‘हामीले सबै स्थानीय तहसँग समन्वय गरेर त्यहाँ फलेका, बनाइएका सामाग्रीहरू स्टलमा राख्ने गरी तयारी गर्दैछौं’, कुन गाउँपालिकाको हो नाम सहित प्रदर्शनमा राख्छौँ ।’

महोत्सवका लागि करिब ६९लाख रुपैयाँ खर्च हुने  अनुमान आयोजकले गरेको छ । त्यसका लागि जिल्लाका सबै स्थानीय सरकारबाटै सहयोग हुने सबै भन्दा बढी आसा आयोजकले गरेको छ । ११ दिन सम्म चल्ने महोत्सवमा जिल्ला भित्र र बाहिरका ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान आफूहरूले गरेको प्रचार प्रसार उप समितिका संयोजक विजय श्रेष्ठले बताउनु भयो । 

महोत्सवको उद्देश्य स्थानीय स्तरमा रहेका कृषि उपज प्रचार पर्यटकीय स्थलको प्रचार गर्नु रहेकाले कृषि उपज र स्थानीय उद्यमीहरूका लागि भने  निःशुल्क स्टल उपलब्ध गराइने तयारी पनि आयोजकले गरेको छ  ।

११ दिन सम्म सञ्चालन गरिने महोत्सव  अभियानमा जिल्लाका  सुनुवार, थामी, हायु र  माझी समुदायको झाकिँ,तथा  तामाकोसीको हल्दे देखि तामाकोशिको पक्की पुल सम्म  र्याफ्टिङ्गको लागि पनि व्यवस्था मिलाइने छ । त्यसैगरि महोत्सवलाई भव्य र सभ्य अनि राम्रो र हाम्रो बनाउनका लागि  पालिका स्तरीय लोक दोहरी प्रतियोगिता लाई पनि महत्वका साथ समावेश गराइने छ । 

महोत्सवमा  विद्यार्थीहरूलाई विशेष छुट र जिल्लाका सञ्चारकर्मीहरू,ह्विील चीएर र वैशाखी प्रयोगकर्ता अपाङ्गता भएका व्यक्ति र सरकारी परिचय प्राप्त सबै   ज्येष्ठ नागरिक हरूलाई निःशुल्क प्रवेश र बाँकी हरूको हकमा टिकटको व्यवस्था मिलाइने र प्रत्येक टिकटमा समापनका दिने खोल्ने गरी आकर्षक पुरस्कार सहितको बम्पर उपहारको व्यवस्था गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । नयाँ नेतृत्व आए सँगै थप चलायमान र क्रियाशील देखिएको सङ्घले गत वैशाख महिनाको  १ र २ गते मन्थलीको देवकोटा चोकमा सडक महोत्सवको आयोजना पनि गरेको थियो ।

Share17Tweet11Share3

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१३ पुष २०८०, शुक्रबार
तालिम सुरु
समाचार

तालिम सुरु

१३ पुष २०८०, शुक्रबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१३ पुष २०८०, शुक्रबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१३ पुष २०८०, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१३ पुष २०८०, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१३ पुष २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.