Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बृहत रामेछाप महोत्सवका कारण  बेहुलीझै सिँगारियो मन्थली बजार 

नेपाल अभियान नेपाल अभियान
२२ पुष २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
341
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २२ पुस  । आगामी  पौष २६ गते देखि माघ ७ गते सम्म सदरमुकाम मन्थलीमा सञ्चालन हुन लागेको  वृहत्  महोत्सवको तयारीले मन्थली बजार बेहुलीझै सिङारिएको छ । रामेछाप उद्योग वाणिज्य संंघको आयोजनामा हुन लागेको उक्त महोत्सवको तयारी स्वरूप बजारका विभिन्न ठाउँमा स्वागत ढोका बनाउने देखि बजार  क्षेत्रमा टाँगिएको स्वागत ब्यानर र तोरणले पुरै बजार बेहुलीझैँ सिँगारिएको हो । 

महोत्सवको तयारीलाई तीव्रताका साथ अगाडि बढाएको आयोजकले यसलाई मर्यादित र व्यवस्थित बनाउनका लागि महोत्सवको मूल मैदान सम्याउने र स्टल निर्माणको काम पनि सम्पन्न गरी सकेको छ । कार्यक्रमका लागि करिब ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको आयोजकले त्यसका लागि पनि जिल्लाका सबै स्थानीय तह,जिल्ला स्थित राजनीतिक दल,आम सञ्चार माध्यम र सरकारी तथा गैर सरकारी सङ्घ संस्था सँग समेत समन्वय गर्ने कामलाई तीव्र बनाएको आयोजक संस्था रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापा मगरले जानकारी दिनुभयो ।

 “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार‘ कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार ” भन्ने मूल नारालाई सार्थक बनाउने मूल उद्देश्यका साथ गर्न लागिएको महोत्सवमा जिल्लाका सबै स्थानीय निकायमा उत्पादन भएका मुख्य कृषिवालीको बजारीकरण र  आन्तरिक तथा बाह्य क्षेत्रका पर्यटक हरूलाई समेत महोत्सवमा आउने वातावरण निर्माणका लागि पनि आवश्यक समन्वयका साथै तयारी भइरहेको र त्यसको लागि प्रचार प्रसारको क्रममा पनि सहयोग गर्न रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापाले सबै आम सञ्चार माध्यम र जिल्लावासीहरूलाई आग्रह गर्नुभयो । 

११ दिन सम्म सञ्चालन हुने महोत्सवका लागि बाह्य र आन्तरिक गरी  ५० हजार दर्शक भित्र्याउने लक्ष्य सहित छिमेकी तथा अन्य बाह्य जिल्लाहरूमा पनि खबर गरी सकिएको पनि अध्यक्ष थापाले जानकारी दिनुभयो ।

 महोत्सवको आकर्षणलाई नागरिक मैत्री बनाएर स्टलमा राखिने जिल्लाको पहिचानका रूपमा रहेका उत्पादनहरू आलु, जुनार,सुन्तला, किवी, र ढाकाको कपडा र सामानहरूको बजारी करणमा पनि ध्यान पुर्‍याइने छ  । ११ दिन चल्ने महोत्सवको अवलोकनका लागि जिल्ला भित्र र बाहिरका  गरी करिब ५० लाख दर्शक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको छ ।

महोत्सवले  आर्थिक मन्दी र व्यवसायमा आएको गिरावटले सुस्ताएको मन्थली बजार चलायमान हुने समेत अपेक्षा आफूहरूले गरेको र त्यसको आकर्षणका रूपमा जिल्ला तथा राष्ट्रिय स्तरका कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने छ । त्यसैगरी महोत्सव स्थलमा रोगटे पीङ, बाल उद्यान पार्क लगायत विभिन्न मनोरञ्जनको सामागि राख्ने तयारी पनि आयोजक पक्षले गरेको छ । 

गाउँमा उत्पादित कृषि उत्पादन र उद्यमीहरूको उत्पादनलाई महोत्सव स्थलमा राखेर बेच विखन तथा प्रदर्शनका लागि सहज वातावरण बनाउनुका साथै महोत्सवका क्रममा आउन सक्ने विभिन्न वाधा अड्चन र समस्यालाई सहजिकरण गर्नका लागि पनि आयोजकले विभिन्न उप समिति निर्माण गरी सोही अनुसारको जिम्मेवारी तोकी सकेको सङ्घका सचिव यज्ञ सुवेदीले जानकारी गराउनु भयो । उहाँले महोत्सवलाई साझा महोत्सवका रूपमा सफल बनाउन पनि सबै जिल्लावासीहरू सँग आग्रह गर्नुभयो । 

Share136Tweet85Share24

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

२२ पुष २०८०, आईतवार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

२२ पुष २०८०, आईतवार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

२२ पुष २०८०, आईतवार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

२२ पुष २०८०, आईतवार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

२२ पुष २०८०, आईतवार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

२२ पुष २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.