Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप वृहत्  महोत्सवको तयारी पुरा, बागमती प्रदेशका मुख्य मन्त्रीले उद्घाटन गर्ने

नेपाल अभियान नेपाल अभियान
२५ पुष २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २५  पुस  । बिहीबार बाट माघ ७ गते सम्म सदरमुकाम मन्थलीमा हुन लागेको  वृहत्  महोत्सवको तयारी पुरा भएको छ । बिहीबार बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालीगराम जमरकट्टेले उद्घाटन गर्ने उक्त महोत्सवको लागि आवश्यक सबै तयारी पुरा भई सकको आयोजक पक्षले जनाएको छ । 

 रामेछाप उद्योग वाणिज्य संंघको आयोजनामा हुन लागेको उक्त महोत्सव स्थलका लागि आवश्यक पर्ने मञ्च देखि विभिन्न कृषि बस्तुको विक्री र प्रदर्शनीका लागि तयार गरिएका अधिकांश स्टलहरू बुक भई सकेका छन् । स्थानीय उत्पादन र बजारी करणलाई प्राथमिकता भित्र राखेर महोत्सवको तयारी भएको आयोजक संस्थाका सचिव यज्ञ सुवेदीले जानकारी गराउनु भएको छ । 

महोत्सवको तयारी स्वरूप बजारका विभिन्न ठाउँमा स्वागत ढोका बनाउने देखि बजार  क्षेत्रमा टाँगिएको स्वागत ब्यानर र तोरणले पुरै बजार बेहुलीझैँ सिँगारिएको हो । 

कार्यक्रमका लागि करिब ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको आयोजकले त्यसका लागि पनि जिल्लाका सबै स्थानीय तह,जिल्ला स्थित राजनीतिक दल,आम सञ्चार माध्यम र सरकारी तथा गैर सरकारी सङ्घ संस्था सँग समेत समन्वय गरेर काम गरिएको आयोजक संस्था रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव सुवेदीले जानकारी दिनुभयो । 

 “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार‘ कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार ” भन्ने मूल नारालाई सार्थक बनाउने मूल उद्देश्यका साथ गर्न लागिएको महोत्सवमा जिल्लाका सबै स्थानीय निकायमा उत्पादन भएका मुख्य कृषिवालीको बजारीकरण र  आन्तरिक तथा बाह्य क्षेत्रका पर्यटक हरूलाई समेत महोत्सवमा आउनका लागि आवश्यक वातावरण निर्माण गरिएको छ । 

  महोत्सवका लागि बाह्य र आन्तरिक गरी  ५० हजार दर्शक भित्र्याउने लक्ष्य सहित छिमेकी तथा अन्य बाह्य जिल्लाहरूमा पनि खबर गरी सकिएको पनि अध्यक्ष थापाले जानकारी दिनुभयो ।

 महोत्सवको आकर्षणलाई नागरिक मैत्री बनाएर स्टलमा राखिने जिल्लाको पहिचानका रूपमा रहेका उत्पादनहरू आलु, जुनार,सुन्तला, किवी, र ढाकाको कपडा र सामानहरूको बजारी करणमा पनि ध्यान पु¥याइने छ  । ११ दिन चल्ने महोत्सवको अवलोकनका लागि जिल्ला भित्र र बाहिरका  गरी करिब ५० लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकले राखेको छ । 

महोत्सवले  आर्थिक मन्दी र व्यवसायमा आएको गिरावटले सुस्ताएको मन्थली बजार चलायमान हुने समेत अपेक्षा आफूहरूले गरेको र त्यसको आकर्षणका रूपमा जिल्ला तथा राष्ट्रिय स्तरका कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने छ । त्यसैगरी महोत्सव स्थलमा रोगटे पीङ, बाल उद्यान पार्क लगायत विभिन्न मनोरञ्जनको सामागि राख्ने तयारी पनि आयोजक पक्षले गरेको छ । 

गाउँमा उत्पादित कृषि उत्पादन र उद्यमीहरूको उत्पादनलाई महोत्सव स्थलमा राखेर बेच विखन तथा प्रदर्शनका लागि सहज वातावरण बनाउनुका साथै महोत्सवका क्रममा आउन सक्ने विभिन्न वाधा अड्चन र समस्यालाई सहजिकरण गर्नका लागि पनि आयोजकले विभिन्न उप समिति निर्माण गरी सोही अनुसारको जिम्मेवारी दिएकोले पनि काम तामेलीमा सहज भएको पनि  सचिव यज्ञ सुवेदीले जानकारी गराउनु भयो । उहाँले महोत्सवलाई साझा महोत्सवका रूपमा सफल बनाउनु सबैको दायित्व भएकोले पनि सबै जिल्लावासीहरू सँग आग्रह गर्नुभयो । 

Share13Tweet8Share2

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ पुष २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ पुष २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ पुष २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ पुष २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ पुष २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ पुष २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero