रामेछाप ५ माघ । रामेछाप दुग्ध सहकारी संस्थाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीका विरुद्ध जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार रामेछाप उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ रामेछापलाई बोधार्थ दिएर कृषकहरूको माग पुरा गर्न माग गर्दे संस्थाका अध्यक्ष ध्रुव कुमार थापाको नेतृत्वमा गएको पदाधिकारीहरूको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा पछिल्लो समयमा मन्थली र आसपासको क्षेत्र दूध उत्पादनमा आत्मा निर्भर भए सँगै कृषकहरूलाई गाई भैसिका लागि आवश्यक परालका लागि तराईको भर पर्नु पर्ने बाध्यता रहेको छ । उक्त पराल ढुवानीका लागि सिन्धुलीको सडक प्रयोग गर्दा प्रशासनले परालको भूषा प्रति गाडी १ सय बोरा भन्दा बोक्न नपाउने सिन्डिकेटको प्रत्यक्ष मार कृषकहरूले बेहोर्दे आएका छन् ।

जबकि एलपी गाडिले एक पटकमा २ सय बोरा भूषा सजिलै बोक्न सक्छ । उक्त गाडीमा भूषा ढुवानीमा लगाएको सिन्डिकेट सँगै १ सय बोरा भन्दा बढी भूषा बोक्न नपाउने व्यवस्था गरे सँगै किसानहरू दोब्बर भाडा तिरेर परालको भूषा ढुवानी गर्दे आएका छन् । दोब्बर भाडा तिर्न बाध्य भए सँगै प्रशासन सँग असन्तुष्ट हुँदै आएका कृषक र तिनका नेताहरूले पटक पटक आफूहरू उठाएको कुरा सम्बोधनका लागि आवाज उठाउँदै आएकोमा कतैबाट पनि सुनुवाइ नभएपछि आफूहरू पहिलो चरणमा ज्ञापन पत्र मार्फत समस्या समाधानका लागि लागि परेको टोलीमा सामेल हुन भएका सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक एवं अगुवा कृषक होतराज ढकालले जानकारी दिनु भयो ।
ज्ञापन पत्र बुभmदै रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले कृषकहरूको माग जायज भएको भन्दै पराल ढुवानीमा सिन्धुली प्रशासनले लगाएको सिन्डिकेटका कारण कृषकहरूलाई परेको समस्या समाधानका लागि तत्काल आफूले सिन्धुली प्रशासन सँग आवश्यक पहल गरी समस्या समाधानका लागि पहल गर्नै आश्वासन दिनु भयो । आवश्यक सहयोग र समन्वयका लागि पनि ज्ञापन पत्र मार्फत प्रजिअ समक्ष लिखित रूपमा आग्रह गरिएको उल्लेख गरिएको छ ।
परालको तौल अरू सामानको तुलनामा कम हुने कुरामा दुई मत नहुँदा नहुँदै पनि सिन्धुली प्रशासनले भने सडकमा समस्या आउने भन्दै अरू गाडिलाई जस्तै परालको गाडीमा सिन्डिकेट लगाए संगेै त्यसको मार किसान हरुले भोग्न बाध्य भएपछि उनीहरूको सहजिकरणका लागि सहकारीले यसको नेतृत्व गरेको र यसका विरुद्ध सहकारीको टोलीले सिन्धुली सम्म पुगेर लिखित रूपमा जानकारी गराउने तयारी गरिरहेको पनि कृषक ढकालले जानकारी गराउनु भयोे । उहाँले भन्नु भयो यति गर्दा पनि हाम्रो माग पुरा भएन भने कृषकहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरी चरणबद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्मको तयारी संस्थाले गरेको छ ।











यो बारेमा तपाईको प्रतिकृया