Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विना कारण रामेछाप  प्रशासनद्वारा दुई महिने निषेधाज्ञा जारी

नेपाल अभियान नेपाल अभियान
१४ माघ २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १४ माघ । जिल्ला प्रशासन कार्यालय रामेछापले विना कारण मन्थलीको प्रशासनिक क्षेत्रमा आइतबार बाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार वाट लागु हुने गरे आगामी २ महिना सम्मका लागि  निषेधाज्ञा  आदेश जारी गरेको हो । 

जिल्ला सुरक्षा समिति रामेछापको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ को दफा ६ को उपदफा (३. क) बमोजिम देहायको क्षेत्रमा २०८०÷१०÷१४ गते आइतबार देखि २ (दुई) महिनाका लागि पाँच जना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाद्वारा आइतबार जारी आदेशमा उल्लेख छ ।  

उक्त  आदेशमा जिल्लाको मुख्य प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा भेला, अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबिच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने वा हुलदङ्गा वा अशान्ति हुन सक्ने सम्भावना रहेकोले समग्र शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुको साथै सर्वसाधारण नागरिकको सेवा प्रवाहमा असर पर्ने कुरालाई मध्यनजर गरी आसपासको क्षेत्रमा माघ १४ देखि बढीमा दुई महिनाका लागि ५ जनाभन्दा बढी मानिस भेला भएर जुलुस, प्रदर्शन, भेला, धर्ना, सभाजस्ता आन्दोलन र विरोधका कार्यक्रम समेत गर्न नपाइने गरी निषेधाज्ञा जारी  गरेको हो ।  

उक्त निषेधाज्ञामा मन्थली बजार  स्थित राष्ट्रिय वाणिज्य बैङ्क देखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिना सम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको पनि  उल्लेख गरिएको  छ ।

प्रशासनले निषेधाज्ञा जारी गरेको भए पनि मन्थलीमा यति वेला हुल हुज्जत र शान्ति सुरक्षामा खलल पुग्ने खालका घटनाहरू भने केही देखिएका छैनन् । केही दिन अघि ५ दिन सम्म अनसन बसेर हिँडेकी रामेछाप नगरपालिका वडा नं १की बिनु यादवले पुनः अनसन बस्न सक्ने वा उनको सम्भावित आगमनलाई मध्य नजर राखी रामेछाप प्रशासन कार्यालयले उक्त निषेधाज्ञा जारी गरेको हुन सक्ने अनुमान नागरिक हरुले गरेका छन् ।

Share20Tweet13Share4

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१४ माघ २०८०, आईतवार
तालिम सुरु
समाचार

तालिम सुरु

१४ माघ २०८०, आईतवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१४ माघ २०८०, आईतवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१४ माघ २०८०, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१४ माघ २०८०, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१४ माघ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.