Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 सृजनशीलको सृजनामा रामेछापको पहिचान 

नेपाल अभियान नेपाल अभियान
१६ माघ २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
56
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ माघ, रामेछाप ।

रामेछाप १६ माघ । रचनात्मक काम र सकारात्मक सोचका साथ समाज परिवर्तनका लागि जिल्लामा क्रियाशील  रहँदै आएको   रामेछाप–काठमाडौँ सृजनशील समाजले जिल्लामा नयाँ खालको गतिविधि गरेर आफ्नो पहिचानलाई थप उँचो बनाएको छ । 

सबै नेपालीहरू सभ्य र वातावरण मैत्री सँगै संस्कृतिवान् हुनु पर्छ भन्ने मान्यतालाई आत्मा सात गर्दे सृजनशीलले पहिलो पटक सदरमुकाम मन्थलीको प्रशासनिक क्षेत्रलाई पलाष्टिक मुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत ठाउँ ठाउँमा डोको राखी दिएको छ । त्यसैगरि मन्थलीको आन्तरिक पर्यटन वृद्धिमा सहयोग  पुग्नुका साथै यसबाट मन्थलीको महत्वलाई अरू बढवा दिनका लागि उसले सोही चक्रपथ भित्र सुन्दर सेल्फी टावर समेत निर्माण गरिदिएको छ । जुन टावर  मन्थलीमा दैनिक पुग्ने आन्तरिक पर्यटकहरूको रोजाइएको विषय पनि बन्दै आएको छ ।

त्यसैगरि उसले  पटक पटक  विभिन्न स्थानीय तहका जन प्रतिनिधि समेतलाई सहभागी गराएर सम्बद्ध रामेछापका लागि सुशासन र पारदर्शिताको आवश्यक्तताको अनुभूतिका लागि सरोकारवालाहरू समेतलाई सहभागी गराएर आवश्यक बहस पनि  गर्दे आएको छ । पछिल्लो पटक  उसले आफ्नो रचनात्मक काम र सकारात्मक सोचलाई व्यवहार मानै ढाल्नु पर्छ भन्ने मान्यतालाई व्यवहारमै स्थापित गर्नु पर्छ भन्ने अभियान अन्तर्गत स्थानीय तामाकोकी नदीको ढुङ्गा मार्फत सिङ्गो जिल्लाको पहिचान खोज्ने प्रयास गरेको छ । 

जस अन्तर्गत सृजनशीलले रामेछाप तामाकोशि नदिका ढुङ्गालाई रङ्ग मार्फत उजिल्याएर मन्थली बजार वाट जिल्ला प्रशासन कार्यालय तर्फ जाने चक्रपथ क्षेत्रमा रामेछाप जिल्ला, ८ वटा पालिका,हालका वडा,साबिकका ५५ गाविस को नामाकरण गरी दिएको छ । जसलाई बाटो हिँड्ने यात्रीहरूले  समेत सहजै देख्न र पढ्न पनि सक्ने छन् ।  तामाकोसी नदिबाट ल्याइएको ढुङ्गालाई सडकको माथिल्लो भागमा सिमेन्ट लगाएर जुनार कलरमा सजाउँदा त्यसले जिल्लाको पहिचान सँगै सुन्दर नगरको अभियानमा निकै सहयोग पुर्‍याएको पत्रकार युवराज श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो यो धेरै राम्रो काम हो । 

स्थानीय उत्पादनलाई स्थानीय सृजना मार्फत समाज विकासको मूल धारमा जोड्नका लागि रामेछाप–काठमाडौँ सृजनशील समाजले यो अभियानको आरम्भ गरेको सामाजिक अभियन्ता एवं समाजका अध्यक्ष विपिन भट्टराईले बताउनु भयो ।  जिल्ला र गाउँको पहिचान सँगै ती ढुङ्गामा प्रयोग गरिएको कलरले रामेछापको विशिष्ट  पहिचान बोकेको जुनारको प्रचार प्रसार गर्न पनि सजिलो होस भन्नका लागि आफूहरूले जुनार कलरलाई प्रयोग गरेको पनि भट्टराईले जानकारी दिनु भयो । 

त्यो सँगै मन्थलीमा आउने बाह्य तथा आन्तरिक पर्यटक र  नयाँ पुस्ताका वाल बालिकाहरूका लागि साबिकका गाविस र तिनिहरुकोे नाम दुर्लभ पनि हुँदै गएकोले तिनै ढुङ्गा मार्फत बुझ्न सजिलो होस भन्नका लागि पनि समाजले यो खालको अभियानलाई जोडेको पनि भट्टराईको भनाई रहेको छ । यसका लागि समाजले आफ्ना आजीवन सदस्य हरू बाट उठेको रकमलाई सदुपयोग गर्दै प्रत्येक ढुङ्गा बराबर  ४ सय रुपैयाँ खर्च गरेर मन्थलीको चक्रपथ मार्गलाई सजाएको  छ । 

Share22Tweet14Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ माघ २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ माघ २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ माघ २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ माघ २०८०, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१६ माघ २०८०, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१६ माघ २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero