रामेछापका २ जेठ । रामेछाप नगरपालिका वडा नं ६ स्थित ओख्रेनीको च्यास्कुमा भरुवा बन्दुक पड्कँदा एक जना पुरुष घाइते भएका छन् । आफैले भरेको भरुवा बन्दुक पड्कँदा करिब ५२ वर्ष उमेरका राम बहादुर तामाङ घाइते भएका हुन ।
सोमबार राति आफ्नै घरमा राखेको भरुवा बन्दुक खेलाउँदा बन्दुक पड्किएको र बन्दुक पड्कँदा बन्दुकको छर्राले लागेर उनको पेटमा चोट लागेको थियो । बन्दुकको छर्राले लागेर घाइते भएका उनलाई रामेछाप अस्पताल ल्याई सामान्य उपचार पश्चात् थप उपचारको लागी पाटन अस्पताल काठमाण्डौमा पठाइएको प्रहरीले बताएको छ ।
हाल घाइते तामाङको पाटन अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सुधार भइै हाल अवस्था सामान्य रहेको रहेको बताइएको छ । घाईतको घरवाट प्रहरीले १ नाल भरुवा बन्दुक र हतियारमा प्रयोग हुने बारुद जस्तो देखिने धुलो पर्दाथ समेत प्रहरीले बरामद गरेको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरीले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया