रामेछाप । नेकपा एमाले निकट अनेरास्ववियु रामेछापले सदरमुकाम मन्थलीमा प्रथम अखिल कप पुरुष फुटबल प्रतियोगिता २०८१ गर्ने भएको छ ।रामेछाप जिल्ला कमिटि खेलकुद विभागको सँयोजनमा यही असोज १७ गते विहिवार र १८ गते शुक्रबार गरि दुई दिन प्रतियोगिताको आयोजना गरिने भएको हो । प्रतियोगिताका सबै खेल मन्थली माविको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
१५ वर्ष मुनिका पुरुष खेलाडिहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रतियोगितामा सहभागिता जनाउने खेलाडिहरुका लागि यही असोज १५ गते साँझ ५ बजेसम्म कार्यालयमा आएर टिम दर्ता गर्नका लागि पनि संगठनले आग्रह गरेको छ ।
दुई दिन सम्म चल्ने प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमशः २० हजार, १० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक सँस्था अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी गराउनुभयो । त्यसै गरी सोहि अवसर पारेर संगठनले विभिन्न ४ वटा विधामा उत्कृष्ट स्थान ओगटन सफल खेलाडीहरूल१५ वर्ष मुनिकोाई नगद एक हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिने कार्यक्रम तय भएको पनि अध्यक्ष भट्टराईले बताउनुभयो ।
अनेरास्वावियुले यस अघि पनि पटक पटक माध्यामिक तहका विद्यालयका विद्यार्थिहरुको सृजनात्मक सोच रचनात्मक काम सहित उनिहरुको क्षमता विकासका लागि अन्य विविध खेल विधा सहित बक्तृत्वकला र निवन्ध प्रतियोगिता जस्ता प्रतियोगित सँचालन गर्दे आएको पनि अध्यक्ष भट्राईले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया