रामेछाप । लामो समय देखि भवनको अभावमा दबाब बेहोर्दे आएको गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछापले नयाँ भवन पाएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सन्देश घिमिरेको अथक मेहनत र प्रयास पछि पुरानो सदरमुकाम रामेछाप बजार नजिकै रहेको टावर डाँडामा क्याम्पसले आवश्यक सजावट र फर्निचर सहितको नयाँ भवन पाएको हो ।
भवन निर्माणको काम गत चैत्रबाट एस.रामेछाप कन्स्ट्रक्सन प्रा.लि ले पाएको र उक्त प्रfलिले भवन निमाणको काम निर्धारित समयमै सम्पन्न गरेको एस.रामेछाप कन्स्ट्रक्सन प्रा.लि ले जनाएको छ । भवन निर्माण सँगै अध्यक्ष घिमिरेकै सक्रियतामा भवनमा रंग रोगन गरी आवश्यक फर्निचर सजावटको काम पनि भई सकेको छ । नव निर्मित भवनमा नयाँ डेस्क बेन्च,सेतो पाटी र रोस्टमको व्यवस्था गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
उक्त भवन निर्माणको लागि लागत स्टमेट करिब एक करोड १० लाख २२ हजार ५ सय २९ रुपैयाँ ९८ पैसा रहेको भए पनि कम्पनीले कबोल गरेको मूल्य अभिवृद्धि कर सहितको रकम ६६ लाख ९३ हजार ३ सय ५६ रुपैयाँ ५६ पैसामा क्याम्पसले नयाँ भवन पाएको छ । जसमा नयाँ फर्निचर व्यवस्थापनको लागि भने बाग्मती प्रदेश शिक्षा निर्देशनालयको ४ लाख ९३ हजार लागतमा खरिद गरी फर्निचरका सामाग्रीहरू कक्षाकोठामा सजाई सकिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्देश घिमिरेले बताए
हाललाई ४ कोठे भवन निर्माण सम्पन्न भए पनि ती कोठामा पठन पाठन गर्नका लागि अपुग भएकाले तत्काल माथिल्लो तला निर्माण गर्नु पर्नै र त्यसको लागी आगामी आर्थिक वर्षको बजेट सम्म पर्खनु पर्ने भएकाले तला थप्ने काम सम्पन्न भएपछि मात्रै पठनपाठन नयाँ भवनबाट सञ्चालन गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्देश घिमिरेले जानकारी दिए ।
क्याम्पसका लागि आवश्यक पर्ने प्रशासनिक भवन निर्माणको लागी पनि आवश्यक पहल भइरहेको पनि अध्यक्ष घिमिरेको भनाई रहेको छ । क्याम्पसका लागि आवश्यक सबै भवन निर्माण सम्पन्न गरेपछि मात्र पठनपाठन गरिने भएकोले नयाँ भवनबाट पठन पाठन गर्न अझै १ वर्ष लाग्ने भएकोले उक्त कार्यका लागि आफू तदारुकताका साथ लागि परेको पनि अध्यक्ष घिमिरेले बताए ।
२ वर्ष अघि मात्र नयाँ अध्यक्षको रूपमा जिम्मेवार पाएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष घिमिरे प्रवेश हुँदा क्याम्पस प्रशासन भित्र प्राविधिक रूपमा धेरै कुरा मिलेका थिएनन् । भवन निर्माणका लागि जग्गाको लागि पनि ठुलो विवाद थियो । तर उनले २ वर्षको बिचमा स्थानीय सरकार र अभिवाकका बिचमा मिहिन तरिकाले समन्वय गरी आपसी समझदारीमा क्याम्पस भित्रको समस्या समाधान पनि गराएको क्याम्पस प्रशासनको भनाई रहेको छ । अध्यक्ष घिमिरेले जग्गाको विवाद समाधान गराउनुका साथै दाताको खोजी गरी फर्निसिङ्ग सहितको नयाँ भवन निर्माण गर्न अध्यक्ष घिमिरे सफल भएको पूर्व क्याम्पस प्रमुख मेघराज भट्टराईले बताए ।
यो बारेमा तपाईको प्रतिकृया