रामेछाप । रामेछाप जिल्लाका ८वटै स्थानिय तहले आफनो निति तथा कार्यक्रम मार्फत आर्थिक वर्ष २०८२÷)८३ का लागि बजेट पनि सार्वजनिक गरेको छ । सरकारी निति अनुसारको मापदण्ड भित्र रहेर उनिहर सबैले विधिवत रुपमा आफनो निति तथा कार्यक्रम सँगै बजेट समेत सार्वजनिकीकरण गरेका हुन् । जस अन्र्तगत मन्थली नगरपालिकाले १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०सय २ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख लव श्रेष्ठको अध्यक्षमा भएको १७ औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख ईश्वरी बस्नेतले नगरपालीकाको कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
जस अन्र्तगत ६८।७५ प्रतिशत चालु खर्चतर्फ र ३१।२५ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये चालु तर्फ ५४ प्रतिशत र ५ प्रतिशत रकम प्राप्त भएको पनि प्रस्तुत बजेटमा उल्लेख गरिएको छ।
त्यस्तै संघ तथा प्रदेश सरकारबाट हस्तान्तरण भएका कार्यक्रममध्ये पुँजीगत तर्फ ४६ प्रतिशत र ४४ प्रतिशत प्राप्त भएको छ । नगरसभाले विनियोजन गर्ने मध्ये चालू तर्फ ४८।६७ प्रतिशत र पुँजीगत तर्फ ५१।३३ बजेट विनियोजन गरेको पनि उप प्रमुखको बजेट प्रस्तुतिमा उल्लेख गरिएको छ ।
प्रस्तुत बजेटले सबै नागरिकका लागि सुलभ र गुणस्तरीय सामाजिक सेवामा पहुँच विस्तार, प्रतिफलमुखी कृषि तथा पशुजन्य उत्पादन र बजारीकरणलाई विशेष जोड, प्रविधिमैत्री सेवा प्रवाहको विस्तार, नगर–समुदाय तथा वडा साझेदारीका आधारमा पूर्वाधार निर्माणमा प्रोत्साहन, वडा कार्यालयहरू जोड्ने प्रमुख सडकहरूको स्तरोन्नति र पक्की संरचना निर्माण, साथै प्रमुख बजार क्षेत्रहरूको सरसफाइमा केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ।
त्यसैगरि रामेछापको रामेछाप नगरपालिकाले पनि आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नितिगत मापदण्ड भित्र रहेर उसले नगर सभा तथ १७ औँ अधिवेशन सम्पन्न गरेको हो ।
नगरपालिका प्रमुख लव श्री न्यौपानेले नगर सभाको १७ औं अधिवेशनमा रामेछाप नगरपालिकाको आगामी आव २०८२र८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
त्यसै गरि नगरपालिकाकी उप प्रमुख वाला कुमारी कार्कीले सोही नीति कार्यान्वयन स्वरुप १७ औं अधिवेशन मार्फत आगामी आवका लागि ८) करोड ४४ लाख ५६ हजार १ सय ३० रुपैंया ६७ पैसाको कार्यक्रम तथा बजेट पेश गर्नु भएको थियो ।
जसअनुसार, पुँजीगत खर्चतर्फ २(करोड ७६ लाख ६२ हजार ११ रुपैयाँ र चालु खर्चतर्फ ५) करोड ६७ लाख (४ हजार २) रुपैयाँ विनियोजन गरिएको जानकारी पनि सो अवसरमा गराईएको थियो ।
नगर प्रमुख न्यौपानेले नगरसभामा आगामी वर्षका नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुभएको छ। उहाँले नगरको विकास, सेवा प्रवाह र समावेशी पहुँच विस्तारलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। नगरपालिकाले प्रस्तुत गरेको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि र दिगो विकासलाई केन्द्रमा राखिएको छ।
नगर प्रमुख न्यौपानेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शुसासन,सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पूर्वाधार जस्ता विकासलाई प्राथमिकतामा राखेको छ।
त्यसैगरि जिल्लाको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाले पनि नीति तथा कार्यक्रम मार्फत गाउ उमाकुण्ड गाउँपालिकाले ल्यायो ११८ बुँदे नीति तथा कार्यक्रम, ६१ करोड बढीको बजेट
त्यसैगरि रामेछापको हिमाली गाउँपालिका उमाकुण्डले आगामी आर्थिक वर्ष २)८२÷८३ का लागि महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। मङ्गलवार सम्पन्न १८औँ गाउँसभा बैठकबाट गाउँपालिकाले ११८ बुँदामा आधारित नीति तथा कार्यक्रमसहित ६१ करोड १३ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको हो।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, सामाजिक विकास, खेलकुदजस्ता बहुआयामिक क्षेत्रलाई प्राथमिकता दिइएको छ। उहाँले आगामी वर्ष विकासका योजना व्यवहारमा लागू हुने गरी बनाइएको दाबी गर्दै सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । सभाबाट सर्वसम्मत पारित उक्त नीति तथा कार्यक्रमसँगै सार्वजनिक बजेट गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले प्रस्तुत गर्नुभएको हो। आगामी वर्षका लागि छुट्टाइएको कूल बजेट ६१ करोड १३ लाख २३ हजार ४२६ रुपैयाँ रहेको छ।
प्रस्तुत बजेटमा वडा नं १ गुम्देलका लागि ६१ लाख ,वडा नं २ बाम्तीभण्डारका लागि ६४ लाख वडा नं ३ कुबुकास्थलीका लागि ५५ लाख ५० हजार,वडा नं ४ प्रितिका लागि ६१ लाख रुपैयाँ वडा नं ५ प्रितिका लागि ५२ लाख,वडा नं ६ गुप्तेश्वरका लागि ५० लाख रुपैयाँ र वडा नं ७ भुजीका लागि ५६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यसैगरि सुनापति गाउँपालिकाले पनि आर्थिक वर्ष २)८२र८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आफनो १८ औँ अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाई मार्फत उसले आफनो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।
प्रस्तुत निति तथा कार्यक्रममा एग्रो टुरिजम र ईको टुरिजमलाई व्यवस्थित गरिने, बाँझो जमिन उपयोग गर्न कम्तीमा १सय देखि ५ सय रोपनी सम्मको जमिनमा व्यावसायिक खेती गर्न चाहेन कृषक समुह,कृषि सहकारीर कृषि फार्मलाई अनुदानको व्यवस्था गरिने बताइएको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीलाई मध्यनजर गर्दै राष्ट्रिय परिचय पत्र वितरण वडा तहमै लैजान जिल्ला प्रशासनसँग सहकार्य गर्ने,एक घर एक बगैँचा कार्यक्रम सञ्चालन गरी मौसमी तथा बेमौसमी फलफूल, तरकारी, नगदे बाली र बुद्ध चित्र् माला उत्पादन गर्न अनुदानसहित प्रोत्साहन गर्ने,बेरोजगार युवा लक्षित ‘बाँझो जमिन उपयोग’ कार्यक्रम सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरि गोकुलगंगा गाउँपालिकाले पनि आफनो नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औँ गाउँसभा अधिवेशनमार्फत अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
यस वर्ष गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तय गरेको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै अनियमितता, करछली, कालोबजारी र व्यवसायिक एकाधिकारजस्ता सुशासन विरोधी गतिविधिलाई नियन्त्रण गर्ने स्पष्ट नीति लिइएको छ। यस्ता गतिविधिमा संलग्नलाई कानूनी दण्ड–सजाय गरिने उल्लेख गरिएको छ।
गाई, भैंसी पालनलाई प्रोत्साहन गर्दै दुधजन्य उत्पादनको खपत र बजार विस्तारका लागि “दही मोहीलाई प्राथमिकता दिऔँ” अभियान सञ्चालन गरिने भएको छ। रसायनयुक्त चिसा पेय पदार्थको आयातलाई क्रमशः निरुत्साहित गर्ने नीति लिइएको छ।
उसले बाँझो जमिनमा फलफूल खेती, पाखोमा तितोति खेती, आलु र किवी खेतीको व्यवसायिकरण लगायत असल कृषि अभ्यासलाई आत्मसात् गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि सारिएको छ। स्थानीय उत्पादन संकलन केन्द्रमार्फत बजार पहुँच व्यवस्था गरिनेछ।
प्रत्येक वडामा एउटा नमुना सहकारी स्थापना गर्दै सहकारीहरूलाई उत्पादन र सेवामुखी बनाउन प्रोत्साहन गरिने जनाइएको छ। साथै, पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गर्ने र १५ जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिने उद्योगी तथा लगानीकर्तालाई कर लगायत सेवा सुविधा दिइने नीति अवलम्बन गरिएको छ।
त्यसैगरि उसले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ५६ करोड बराबरको बजेट ल्याएको छ । उक्त बजेट उपाध्यक्ष उषा देवी कार्कीले ५६ करोड ८ लाख (४ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
त्यसैगरि खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १०५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँसभाको १७ औँ अधिवेशनमार्फत बजेट र नीति–कार्यक्रम प्रस्तुत गरिएको हो।
पालिकाकी उपाध्यक्ष रमा घिसिङले बजेट प्रस्तुत गर्नुभएको हो भने अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो। आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक सेवा सुदृढीकरण, कृषि उत्पादनमा वृद्धि, शिक्षा र स्वास्थ्यमा लगानी, तथा स्थानीय रोजगारी सिर्जना प्राथमिकतामा राखिएको जनाइएको छ।
खाँडादेवी गाउँपालिकामा रहेका सबै वडाहरूलाई समेटेर बजेट विनियोजन गर्दा वडास्तरीय आवश्यकता, स्रोतको उपलब्धता र दीगो विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।
जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले पनि आगामी आवका लागी ५५ करोड ७१ लाख ८) हजार ५)१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । १७औं गाउँसभा तथा बजेट घोषणा कार्यक्रममा पालिकाका उपाध्यक्ष खमला थापा मगरले बजेट प्रस्तुत गर्नुभयो । पालिकाले नीति कार्यक्रम र बजेटमा शिक्षा, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र आन्तरिक आम्दानी वृद्धि जस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ । ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य लिएको गाउँपालिकाले पर्यटन क्षेत्रको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनमा जोड दिएको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया