Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सत्यनारायण बहादुर श्रेष्ठको सम्झनामा रामेछापमा फोनिजको संवाद

नेपाल अभियान नेपाल अभियान
१३ पुष २०८२, आईतवार
in देश, प्रदेश नं ३
0
14
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल आदीवासी जनजाति पत्रकार महासँघ (फोनिज )ले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षका रुपमा स्वीकार्दे आएको सत्यनारायण बहादुर श्रेष्ठको सम्झनामा ११० औँ जन्म जयन्ती मनाएको छ । (फोनिज) रामेछापले आइतबार मन्थलीमा एक औपचारक कार्यक्रमको आयोजना गरि स्वर्गिय श्रेष्ठको जन्म जयन्ति मनाएको हो । सो अवसरमा गत भदौ २३ र २४ गते भएको नव युवा आन्दोलनको पृष्ठभूमि, यसको राजनीतिक प्रभाव र त्यसमा जिल्लाको जिम्मेवार पक्षलाई जवाफदेहि बक्ताका रुपमा उभ्याएर फोनिजले परिवर्तित सन्दर्भमा आफनो जिम्मेवारी पुरा गरेको थियो ।
जिल्लामा क्रियाशिल पुर्वक काम गर्दै आएको फोनिजले विभिन्न प्रमाण र आधार भएरु पनि नेपाल पत्रकार महासँघ केन्द्रिय समितिले सँस्थापक अध्यक्षका रुपमा स्वीकार्न नसकेको ब्यक्ति स्वर्गिय सत्यनारायण बहादुर श्रेष्ठको बारेमा प्राप्त प्रमाणहरु पनि सो अवसरमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल आदीवासी जनजाति पत्रकार महासँघ (फोनिज )का वागमति प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले स्वर्गिय सत्यनारायण बहादुर श्रेष्ठको बारेमा प्राप्त तथ्य, प्रमाणहरु सहित जेनजी आन्दोलनले वर्तमान राजनीतिक धरातल र त्यसले पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
फोनिजले राजनितिक दलहरुको जिम्मेवारी सहित जन प्रतिनिधिको समेत भूमिकामा रहेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम), वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठ, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ,जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा समेतलाई मुख्य जिम्मेवार बक्ताका रुपमा सहभागि गराएर गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको आन्दोलनको कारण र त्यसका उनिहरुले खेलेको भूमिकाका वारेमा हाकाहाकि सम्वाद गरेको थियो ।
सम्वाद सँस्थाका जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता र पुर्व जिल्ला अध्यक्ष नवराज श्रेष्ठको सँचालनमा भएको थियो । सो अवसरमा श्रेष्ठले जेन्जी आन्दोलन हुनुको पछाडि तत्कालिन राजनितिक दलको नेतृत्व र तपाईहरुको पनि कम्जोरी हो की होईन भनेर वहाँहरुबाट स्पष्ट जवाफ माग गर्नू भएको थियो । तर जिम्मेवार बक्ताको रुपमा सहभागि सवैजसो बक्ताहरुले जेनजी आन्दोलमा घुसपैठ भएको दाबी गर्दै जेनजीका नाममा स्वार्थि समुहले खेलेको दावी गरेका थिए ।नवयुवाहरूको आन्दोलनबाट बनेको वर्तमान अन्तरिम सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको भन्दै सम्वादको क्रममा उनिहरुले आगामी फागुन २१ गते निर्वाचन हुनका लागि आवश्यक वातावरण बनि नसकेको बताएका थिए ।
सो क्रममा उनिहरुले भदौ २३ र २४ गते भएको घटनालाई छुट्टा छुट्टै नजरले हेर्नु पर्ने भन्दै २४ को घटना भने स्पष्ट रूपमा विध्वंस तर्फ उन्मुख भएको बताएका थिए । तर नेकपा एमालेका नेता समेत रहेका श्रेष्ठले श्रेष्ठले भने आफनो पार्टी एमाले संसद् पुनः स्थापनाको पक्षमा रहे पनि सरकारले निर्वाचनको वातावरण बनाए २१ फागुनको निर्वाचनमा समेत जान तयार रहेको बताए। अन्तर सम्वाद कार्यक्रमका क्रममा उनिहरुले पार्टि र सरकारको नेतृत्वमा लामो समयदेखि देखिएको पुरानै नेतृत्व र बढ्दो बेरोजगारी, महँगी, भ्रष्टाचार र कुसासनका स कारण युवापुस्तामा असन्तुष्टि चुलिँदै जाँदा जेन–जी आन्दोलन जन्मिएको कुरालाई भने उनिहरुले स्वीकार गरेका थिए । यद्यपी आफुहरुले भने जन अपेक्षा अनुसारको जिम्मेवारी पुरा गर्न बाट कुनै पनि कम्जोरी भने नगरेको र सामान्य कम्जोरी भए तत्काल सुधार गरेर जान तयार रहेको आश्वासन दिएका थिए ।

Share6Tweet4Share1

Related Posts

अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१३ पुष २०८२, आईतवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१३ पुष २०८२, आईतवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१३ पुष २०८२, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१३ पुष २०८२, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१३ पुष २०८२, आईतवार
रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत
प्रदेश नं ३

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत

१३ पुष २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero