Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कर्मचारी खटनपटनमा निर्वाचनको मनपरि ःप्रावि करार र राहतका शिक्षक स्थाईको जिम्मेवारीमा

नेपाल अभियान नेपाल अभियान
२५ कार्तिक २०७९, शुक्रबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
262
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २५ कार्तिक । आसन्न निर्वाचनलाई निर्विबाद बनाउने आफनो प्रतिबद्धता विपरित मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले कर्मचारी खटन पटनमा विधि र प्रद्धति विपरित काम गरेको भन्दै अन्य शिक्षकहरु रुष्ट भएका छन् ।
मंसिर ४ गतेको निर्वाचनलाई ब्यवस्थित र मर्यादित बनाउने आयोग र जिल्ला मुख्य अधिकारिको प्रतिबद्धता विपरित उसले प्रावि तहका दर्जनौ राहत तथा करारका शिक्षकहरुलाई स्थाई शिक्षकका नाममा निर्वाचनमा खटाए पछि बाँकि शिक्षकहरुका असंन्तुष्टि बाहिर आएको हो । राहत र करार शिक्षकहरुले स्थाई शिक्षकंको रुपमा निर्वाचन गराउने जिम्म्ोवारी पाएको प्रमाण कार्यालयमा पनि प्रत्यक्ष देख्न सकिन्छ ।
यस बाहेक कार्यालयले जारी मापदण्डका नाममा कतिपय स्थाई शाखा अधिकृत र उप सचिब सरहका शिक्षकहरुलाई निजामति तर्फका नासु को मातहतमा खटाएर शिक्षक हरुको मान मर्दन गरेको आरोप पनि लगाएका छन् । नेपाल शिक्षक महासंघ र विभिन्न शिक्षक संग आबद्ध घटक हरुले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास कार्यालयलाई बाधार्थ दिएर निर्वाचन प्रकृयामा सहभागिता जनाउन नसकिने संयुक्त निबेदन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई बुझाएको जानकारी पत्रकार सम्मेलन गरेर गराएका छन् । साझा रुपम प्रस्तुत भएका उनिहरुले निर्वाचन कार्यालयको विभेदपुर्ण र नियम विपरित काम भएको भन्दै निर्णय तत्काल सच्याएर सबै कर्मचारीहरुलाई सम्मान जनक ब्यवहार गर्न पनि मुख्य निर्वाचनको कार्यालय संग आग्रह गरेका छन् ।
शिक्षकहरुको असंन्तुष्टिका बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने निर्वाचनमा कर्मचारि ब्यवस्थापनका लागि जारी मापदण्डका आधारमा मात्र कर्मचारी खटन पटन भएको र कसैलाई पनि विभेद नगरेको दावि गरेको छ । जसका लागि कार्यालयले सबै माविका स्थाई शिक्षकहरुलाई मतदान अधिकृतको जिम्म्ोवारी दिने र मावि राहत र करारको हकमा कसैलाई पनि नखटाउने मापदण्ड बनाएको थियो ।
त्यसैगरि निमाविको हकमा भने स्थाई र करार शिक्षक सबैलाई सिनियरिटिका आधारमा सहायक कर्मचारिको रुपमा खटाउने र प्रावि तहको शिक्षकहरुका हकमा करार र राहतलाई निर्वाचनमा नपठाएर स्थाईलाई मात्र पठाउने मापदण्ड बनाई सोहि आधारमा खटन पटन गरिएको मुख्य निर्वाचन अधिकारी एवं जिल्ला न्यायधिस ईन्दिरा शर्माले बताउनु भयो । उहाँले भन्नु भयो– जिल्ला निर्वाचन कार्यालयले स्थाई भनि पठाएको नामावलिका आधारमा हामिले कर्मचारि ब्यवस्थापन गरेका हौ । यसमा हाम्रो कुनै पनि दोष नभएकोले चित्त नबुझे जिल्ला निर्वाचन कार्यालयमा गुनासो गर्न र अहिले तोकिएको मतदान केन्द्रमा गएर मंसिर ४ गतेको निर्वाचनलाई सफल बनाउन पनि शर्माले आग्रह गर्नु भयो ।

Share105Tweet66Share18

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२५ कार्तिक २०७९, शुक्रबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२५ कार्तिक २०७९, शुक्रबार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

२५ कार्तिक २०७९, शुक्रबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२५ कार्तिक २०७९, शुक्रबार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

२५ कार्तिक २०७९, शुक्रबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२५ कार्तिक २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.