Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवी गाउँपालिकामा मात्र दर्जन भन्दा बढि क्रसर उद्योग,चोरि निकासी उत्तिकै

superadmin superadmin
२१ पुष २०७९, बिहीबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । खाँडादेवी गाउँपालिकाको सुनकोशी र तामाकोशी नदि किनारमा मात्र दर्जन भन्दा बढी अबैध क्रसर उद्योगहरु सञ्चालनमा छन् । संचालित उद्योगहरु अबैध हुँदा एकातीर पालिकाको आम्दानीमा गिरावट आएको छ भने अर्कातिर राता रात हुने नदि दोहन प्रकृया पनि संस्थगत हुँदा यसको ब्यवस्थापनका लागि स्थानिय सरकारलाई समस्या भएको छ ।
आफनो पालीकाको भूभागमा पर्ने नदिमा रहेको बालुवा तथा नदिजन्य सामानको चोरि निकासी रोक्ने पछिल्लो समयमा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले निकै ठुलो मेहनत र प्रयास गरिरहनु भएको भएपनि उक्तप्रयासले अहिले सम्म पनि सार्थकता पाउन सकेको छैन् । पालिकाको भ ूभाग भएर बग्ने सुनकोशि र तामाकोशि नदिमा संचालित सबै क्रसर उद्योगहरु अबैध रुपमा सञ्चालनमा भए संगै त्यस ठाउँबाट रात दिन वालूवा तथा नदिजन्य सामानको चोरि निकासि हुने क्रम पनि उत्तिकै तिब्र बन्दै गएको छ ।
गाउँपालिकाको मुख्य आम्दानीको श्रोतको पहिचान बोकेको नदिजन्य पदार्थको अबैध रुपमा भएको अपचलनले अबैध रुपमा संचालित क्रसर उद्योग रातारात मालामाल भएका छन भने अब्ौध रुपमा संचालित क्रसर उद्योग र वालुवा लगाइपालिकाको आम्दानीमा भने पुर्ण रुपमा गिरावट आएको छ । संचालित उद्योग मध्ये केहि क्रसर उद्योग भने बालुवा प्रशोधनको रुपमा सञ्चालनमा छन् । यसका लागि पालिकाले सम्बन्धीत निकाय जिल्ला प्रशासन र जिल्ला प्रहरीकार्यलय संग समन्वय तथा बैठक गर्दे आएको भएपनि आफनो प्रयासले भने सार्थकता पाउन नसकेको अध्यक्षको भनाई रहेको छ । यसको अबस्था बुझन जिल्ला स्थित संचार माध्यमको टोलि २ दिन अघि स्थलगत अनुगमनमा समेत पुगेको थियो । गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले भने “खाँडादेवी गाउँपालिकामा मात्र लगभग एक दर्जन क्रसर उद्योग सञ्चालनमा छ । दुइवटा मात्र स्थानिय गाउँपालिकामा बालुवा प्रशोधन केन्द्रको नाममा दर्ता छ । गाउँपालिकामा कुनै पनि क्रसर उद्योग दर्ता छैन् सबै अबैध रुपमा सञ्चालनमा छ । जसले गर्दा स्थानिय सरकारलार्य समेत बद्नामा गराउनुका साथै पािलकाको राजस्व संकलनमा पनि भारी गिरावट आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

क्रसर उद्योगहरु स्थापना हुनुअघि पारदर्शी ढङ्गले वातावरण प्रभाव मूल्याङ्कन हुनुपर्ने भएपनि आधारभूत मापदण्ड पूरा गरेका छैनन् । मापदण्डअनुसार क्रसर उद्योग मुख्य सडक मार्ग र खोला किनारबाट पाँच किमी र हाइटेन्सन लाइनबाट एक किमी दूरीमा हुनुपर्ने हो तर त्यसो नभई संचालकहरुले आफु अनुकुल काम गर्दा घरेलु कार्यालय जस्ता नियमक निकायले पनि बेवास्ता गरेको आरोप पनि अध्यक्ष श्रेष्ठले गुनासो गर्नु भएको छ ।
क्रसर उद्योग हरु शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्षण, घनाबस्ती र खेतीयोग्य जमिनबाट दुई किमी टाढा हुनुपर्नै हो, कुनै पनि क्रसर उद्योगले उक्त मापदण्ड पूरा नगरि संचालन गर्नुले स्थानिय सरकारको धज्जि उडाएको अध्यक्षको ठम्याई रहेको छ ।
बषौं देखी क्रसर उद्योगहरु वालुवा प्रशोधन केन्द्रको नाममा सञ्चालन गरेको भए पनि हाल सम्म प्रशासन कार्यलयले त्यस्को अनुगमन समेत गर्न सकेको छैन् । पैसाको धेरै चलखेल हुने र राजनितिक पहुँचको आधारमा सञ्चालन हुने भएकोले स्थानिय तह देखी प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यलय पनि मौन बस्ने गरेको छ ।

पत्रकार हरुको स्थलगत अनुगमनका क्रममा पनि खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रातको समयमा कोशी किनारमा बालुवा उत्खनन गरेको भटे पछी एउटा वालुवा सहितको गाडिलाई पक्राउ गरि प्रहरिको जिम्मा लगाउनु भएको थियो । अबैध नदिजन्य सामानको उत्खनन् र तस्करी रोक्नका लागि उहाँले स्थानिय नागरिक र प्रसासन संग समेत आग्रह गर्नु भयो । उहाँले भन्नु भयो मैले यसलाई रोक्न बाट कतैबाट पनि सहयोग पाउन सकिन । यसका लागि आम संचार माध्यमलाई पनि सहयोगका लागि अध्यक्षले अपील गर्नु भयो । उहाँले खाँडादेवी गाउँपालिकालाई आफुले सुशासनमैत्री पालिका बनाउन चाहेको भन्दै उक्त अभियानमा आफु लागेको पनि उहाले बताउनु भयो ।

Share18Tweet11Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ पुष २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ पुष २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ पुष २०७९, बिहीबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२१ पुष २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ पुष २०७९, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ पुष २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero