रामेछाप २८ चैत – दूध उत्पादनमा आत्मा निर्भर जस्तै बनेको मन्थली नगरपालिकाले आफना नगर क्षेत्र भित्रका ब्यवसायीक कृषकहरुलाई प्रोत्सान गर्ने मुल उदेश्यका साथ नगर भित्रका १ सय ५३ जना किसानहरुका लागि भैसी सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । नगरले ब्यवसायीक रुपमा भैसि पालन गरि भैसि पालन गर्दे आएका किसान हरुको मनोबल उँचो बनाउँदै उनिहरुलाई आर्थिक संम्बृद्धिमा जोड्न सकियोस् भन्नका लागि चालू आर्थिक वर्षमा १ सय ५२ जना कृषकहरुका १ सय ७० वटा भैसिलाई भत्ता वापतको रकम प्रदान गरेको हो ।
सूचना पछि किसानहरु बाट प्राप्त निवेदनका आधारमा गत साउन देखि असोज महिना भित्रमा ब्याएका भैसिका कृषकहरुलाई प्रति भैसि २ हजार ५ सय रुपैयाँका दरले कुल ४ लाख ३५ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराइएको छ । उक्त रकम अपुग भएको भन्ने मागका आधारमा नगरकार्यपालिकाले त्यस वापत थप ५ लाख रुपैयाँ विनियोजन गरि कात्तिक पछि ब्याएका भैसिहरुका लागि पनि थप रकम वितरण गर्नै तयारी भईरहेको पनि मन्थली पशु विकास शाखा प्रमुख खड्काले बताउनु भयो ।
पशु विकास अधिकृत मुकुन्द खड्कांले दिएको जानकारी अनुसार नगरपालिकाले हरेक बर्ष दूध उत्पादनमा किसानहरुलाई आकर्षित गर्न विभिन्न खालको सहयोग गर्दे आएको छ । जस अनुसार यस बर्ष भैसि सुत्केरि भत्ता कार्यक्रम लाई समावेस गरिएको थियो । सोहि अनुसार शाखाले अनुगमन र मुल्याँकनका आधारमा किसानहरुको सूचि तयार गरेको थियो ।
सामान्यतया साउन ,भदौ र असोज महिना भैंसी ब्याउने मौसम भएकोले सोहि तीन महिना भित्र ब्याएका भैसिहरुलाई पहिलो चरणमा प्रोत्साहन रकम उपलब्ध गराएको र दोस्रो चरणमा नगरले विनियोजन गरेको रकम ५ लाख मध्यबाट थप सार्वजनिक सूचनाका आधारमा डाटा संकलन गरि प्रोत्साहन भत्ता उपलब्ध गराईने पनि खड्काले बताउनु भयो । उहाँका अनुसार भैसि सुत्केरी प्रोत्सान भत्ता पाउनेमा वडा नं १,२,५,६ र वडा नं ७ का कृषक बढि रहेको र टाढा वडाबाट भने कृषकहरु खासे सम्पर्कमा आउने गरेका छैनन् ।
नगर पालिकाले भैंसी सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराएर किसानहरु उत्साहित भएको मन्थली नगरपालिका ६ का कृषका सुवास थापाले बताउनु भयो । विषेश गरि मन्थली नगर भित्र अझ वडा नं १ मा अझ ब्यवसायीक रुपमा भैसि पालन गर्नै हरुको संख्या ठुलो रहेकोले यो खुसि भनेको मेरो मात्र खुसि हैन आम भैसि पालक किसानको खुसि भएको पनि थापाको भनाई रहेको छ ।
किसान मात्र हैन डेरि संचालकहरु पनि नगरको उक्त अभियानबाट सन्तुष्ट देखिएका छन् । चिरन्जीवि डेरी मन्थलीका प्रोपाईटर भानुभक्त श्रेष्ठले बताउनु भयो । नगरपालिका दूध र दूग्धजन्य बस्तुमा आत्म निर्भर हुँदै गएको बेला नगरले थप प्रोत्सान गर्नु पनि धेरै राम्रो कुरा भएको पनि श्रेष्ठले बताउनु भयो ।
मन्थली ७ का किसान कृष्ण बहादुर कार्कीले पनि नगरले संचालन गरेको किसान प्रोत्साहन कार्यक्रम प्रशंसा योग्य भएको बताउनु भयो । यसरी नगरले सहयोग गरेको रकमले केहि मात्र भएपनि आफुहरुका लागि राहतको अनु भूति भएको पनि कार्किको भनाई रहेको छ । जसका कारण भैंसी बिरामी हँुदा ओैषधि किन्न , प्राविधिक भिकाउन देखि दानाका लागि समेत सहयोग पुगेको पनि कार्कीको भनाई रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया