मन्थली,५ असोज । श्री अम्बर आदश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो समुदाय प्रतिको चासो देखाउदै मन्थली को सुकाजोर खोला देखि डुम्रीवोट सम्म को गोरेटो वाटो सरसफाई एबं मर्मत सुधार गरेको छ ।

नजिकिदै गएको चार्ड पर्वलाई लक्षित गरी उक्त गोरेटो बाटो सरसफाई एबं मर्मत सुधार गरिएको हो । मन्थली देखि डुम्रीखर्क सल्ले हुदै रामेछाप जोड्ने मोटर बाटो भएपनि उक्त बाटोबाट सार्वजनिक सवारी साधनहरु नचलेपछि डुम्रीबोट, डुम्रीखर्क र सल्ले लगाएतका स्थानीय एबं विद्यार्थीहरु यहि गोरेटो वाटो भएर मन्थली सदरमुकाम र मन्थलीमा रहेको क्याम्पस र बिद्यालय आउजाउ गर्ने गरका छन् ।
सरसफाई कार्यक्रममा श्री अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एबं सदस्यहरु तथा सो क्षेत्रका सम्पुर्ण शेयर सदस्यहको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया