ललितपुर,२८ फागुन । ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा ५ मा रहेको हाइ भ्यु मा वि ले अाफ्नेा अभिभावक दिवस मनाएको छ । शनिबार विद्यालयले अाफ्नै प्राङ्गणमा साे दिवस मनाएको हो । विद्यालयका प्रधानाध्यापक सुन्दर श्रेष्ठको अध्यक्षतामा र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा अभिभावक,कलाकार पत्रकार, खेलकर्मी, शिक्षक शिक्षिका, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्याब्सनका वरिष्ट उपाध्यक्ष तारा खनाल, वडाध्यक्ष कपिल केसी, विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले अा अाफ्नाे मन्तब्य राख्नुका साथै विबिध सास्कृितक कार्यक्रम पनि गरिएकाे थियाे । साे अवसरमा कलाकारहरु सलिना मोक्तान,रोजन तामाङ र आर्टी साइकोले आ आफ्नो गीत प्रस्तुत गर्नुभयाे भने वडाध्यक्ष कपिल केसीले विद्यालयकाे बिगत र वर्तमानका वारेमा चर्चा गर्नुभएकाे थियाे । कार्यक्रम बिज्ञान प्रदर्शनी सहित सुरू भएकाे थियाे ।
यो बारेमा तपाईको प्रतिकृया