मन्थली,१ चैत्र । नीजि विद्यालय अर्गनाइजेशन (प्याब्सनं) रामेछापले विहिवार भरत भट्टराइलाई बिदाई र नेत्र प्रसाद गजुरेललाई स्वागत गरेको छ । जिल्लामा ९ बर्ष साविक जिल्ला शिक्षा कार्यालय र हाल शिक्षा तथा समन्वय इकाइरामेछाप मा कार्यरत भट्टराईको जिल्ला शिक्षा तथा समन्वय इकाइ अाेखलढुङ्गामा सरुवा भै जानुहुने भएपछि र नेत्र प्रसाद गजुुरेल जिल्ला शिक्षा तथा समन्वय इकाइ रामेछापमा सरुवा भै आएपछि प्याप्सनले भट्टराई लाई बिदाई र गजुरेल लाई स्वगत गरेको प्याब्सन रामेछापका अध्यक्ष केशब अमोल तिमिल्सिनाले बताउनुभयो ।

बिहिवारनै उहाहरूलाई बिभिन्न सरकारी कार्यालयहरुबाट पनि विदाई र स्गवागत गरिएको छ । सो अवसरमा जिल्ला शिक्षा तथा समन्वय इकाई रामेछाप र जिल्ला प्रशासन रामेछापले पनि छुट्टाछुट्टै रुपमा भट्टराई र गजुरेललाई बिदाई र स्वागत गरेकको थियो ।
यो बारेमा तपाईको प्रतिकृया