रामेछाप,१५ चैत । आज (विहिवार) देखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (इस.इ.इ ) मा २ हजार ७ सय ८० जना परीक्षार्थीहरु परीक्षार्थी सहभागी भएका छन् ।
जस मध्ये १ हजार पाँच सय १२ जना छात्रा र १ हजार दुई सय ३५ जना छात्र रहेका छन् ।

शिक्षा तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलका अनुसार कुल २ हजार सात सय ९५ जना परीक्षार्थी मध्ये,२ हजार ७ सय ८० जना विद्यार्थीहरू परीक्षामा सहभागि भएपछि १५ जना मात्र अनुपस्थित भएका हुन् ।
शिक्षा तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी वालकृष्ण ढुङ्गेलका अनुसार जिल्ला भर रहेका २२ वटा केन्द्र मार्फत कुल २ हजार ७ सय ८० जना विद्यार्थी परीक्षामा सामेल भएका हुन् ।
उहाका अनुसार– ति परीक्षा केन्द्रहरुबाट लिएको परीक्षाको पहिलो दिन उत्साहजनक,शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएका छन् । पहिलो दिन आज अग्रेजी विषयको परीक्षा भएको हो । परीक्षा यहि चैत्र २७ गते सम्म चल्ने छ ।
यो बारेमा तपाईको प्रतिकृया