Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

छुट्टा छुट्टै आगलागिमा परी १२ वटा घर र २ वटा गोठ जलेर नष्ट

नेपाल अभियान नेपाल अभियान
९ बैशाख २०८१, आईतवार
in समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter


मन्थली,९ बैशाख । रामेछाप र सिन्धुली जिल्लामा भएको छुट्टा छुट्टै आगलागीमा परी १२ घर र २ वटा गोठ जलेर नष्ट भएको छ ।


जस अन्तर्गत रामेछापको रामेछाप नगरपालिका वडा नं ३ ठाडो खोलामा भएको आगलागिमा परी ६ वटा, सोहि नगरपालिकाको वडा नं–६ डान्सिङटारमा आगलागी हुँदा २ वटा घर र गोठ र सिन्धुली जिल्लाको सुनकोसी गाँउपालिका वडा नं ४ स्थीत फलाटेघारी वनमा लागेको आगो बस्तीमा पस्दा त्याहाका ५ वटा घर जलेर नष्ट भएका हुन् ।
रामेछाप नगरपालिका वडा नं ३ साँघुटार को ठाडो खोलामा आगलागि हुँदा ६ वटा घर जलेर नष्ट भएको हो ।
जङ्गलमा लागेको आगो गाउँमा पसेपछि दीर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना र २ वटा खरको छाना भएको घर, खड्ग बहादुर कुमालको १ वटा जस्ताको छाना, १ वटा ढुङ्गाको छानो भएको घर र १ वटा खरको छाना भएको मतान जलेको हो ।
आगो निभाउने क्रममा दिर्घमान श्रेष्ठ घाईते हुनुभएको छ । अन्य चौपाया वस्तुभाउ नपरे पनि खड्ग बहादुर कुमालले पालेको ६० वटा ब्रोईलर कुखुरा जलेर नष्ट भएका थिए ।
घरमा भएको सवै अन्नपात, लत्ताकपडा, नगद सवै जलेर नष्ट भएको रामेछाप नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दलवहादुर प्रधानले बताउनुभयो ।
घटनास्थलमा प्रहरीहरुको टोली पुगेर आगो नियन्त्रणमा लिइसकोको तर क्षतिको विवरण भने आउन वाँकी रहेको प्रहरी नायव उपरिक्षक प्रदिप कुमार सिंङले बताउनुभयो ।
यसै गरी सोहि नगरपालिकाको वडा नं–६ स्थीत डान्सिङटारमा पनि आगलागी हुँदा ४ वटा घर गोठ जलेर नष्ट भएको छ ।
आईतबार दिउँसोकोे समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ वटा घर र २ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट जब्बर बहादुर गोले र तुलामाया मगरको घर जलेर नष्ट भएको स्थानीय समाजसेवी पूर्ण बहादुर मगरले जानकारी दिनुभयो । आगलागीबाट घरमा भएको सवै अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ । बस्तीमा पसेको आगो प्रहरी र स्थानीय मिलेर नियन्त्रणमा लिइसकेको रामेछाप प्रहरी प्रमुख सिङ ले जानकारी दिनुभयो । उहाका अनुसार यस घटनाको पनि क्षतिको विवरण आउन सकेको छैन ।
यसैगरी सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका वडा नं– ४ को फलाटेघारी वनमा लागेको आगो बस्तीमा पस्दा ५ वटा घरहरु जलेर नष्ट भएका हुन् ।
आगलागिमा परी स्थानीय भक्त बहादुर श्रेष्ठको ४ वटा घर र कृष्ण बहादुर श्रेष्ठको १ वटा घर जलेर नष्ट भएको हो ।
आगलागि बाट भएको क्षतिको विवरण आउन वाकी रहेको सो गाँउपालिकाका ४ नं वडाका अध्यक्ष यम बहादुर जर्घा मगरले जानकारी दिनुभयो ।
स्थानीय र रातमाटा प्रहरी चौकीबाट गएको प्रहरी मिलेर बस्तीमा पसेको आगो नियन्त्रणमा लिइसकेको पनि वडा अध्यक्ष मगरले बताउनुभयो ।

Share10Tweet6Share2

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

९ बैशाख २०८१, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

९ बैशाख २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

९ बैशाख २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

९ बैशाख २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

९ बैशाख २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ बैशाख २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero