Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप अस्पतालमा देखिएको विवाद टुंगियोे

नेपाल अभियान नेपाल अभियान
३ असार २०८१, आईतवार
in समाचार, समाज
0
34
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२ असार । जिल्ला अस्पताल रामेछापका स्वास्थ्यकर्मीहरु विचको आपसि समझदारीमा टुंगिएको छ । केही दिन अघि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट र अस्पतालमा कार्यरत कर्मचारी बिचको विवाद वार्ता मार्फत सहमतिमा टुँगिएको हो ।

अस्पताल प्रशासनले शुक्रबार विज्ञप्ती मार्फत अस्पताल भित्र देखिएको विवाद मेलमिलापमा परिणत भएको जानकारी गराएको थियो । अस्पतालका मेसु अच्युत पौडेल द्धारा हस्तक्षरित विज्ञप्तिमा– यस बिषयमा बिहिबार अस्पतालमा बसेको सर्वपक्षिय बैठकमा ब्यापक छलफल भई विवाद समाधान भैसकेकोले विभिन्न पत्रपत्रिका,अनलाईन फेसबुक मार्फत पोष्ट भएको तथा प्रकाशन भएको समाचारहरु झुटो भएकाले त्यस तर्फ नलाग्न समेत अनुरोध गरिएको छ । अस्पताल प्रशासनले गरेको छलफलका आधारमा विभिन्न निर्णयहरु सहित विवाद समाधान भएको अस्पतालका मे.सु. अचुत पौडेलले जानकारी दिनुभयो ।
अस्पतालको नयाँ नेतृत्व संगै देखापरेका सानातिना समस्या तत्काल समाधान हुन नसक्दाको परिणाम र कर्मचारीहरुले पनि आफनो समस्याका वारेमा अस्पताल प्रमुख सँग खुलेर भन्न नसक्दा यो समस्या आएको डा.पौडेल बताउनु हुन्छ । आफु वाल रोग विशेषज्ञको रुपमा धेरै अस्पतालहरुमा काम गरेको भएपनि मेसुको जिम्मेवारी पहिलो पटक रामेछाप अस्पतालमा आएर सम्हाल्दाको अनुभवले पनि प्राविधिक समस्या देखा परेको हुन सक्ने पनि डा.पौडेलको भनाई रहेको छ ।



अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित कार्यालय सहयोगीहरुले मे.सु.डा.अचुत पौडेलले धेरै जसो कर्मचारीहरुलाई मानसिक तनाव दिने,एउटा काममा ब्यस्त भईरहेको वेला अर्को अनावश्यक काम दिने,वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुख दिने,कर्मचारीको आफनो पदभन्दा फरक किसिमको काम गर्न लगाउने,काम गरिरहेको समयमा ध्यान अन्यत्रै केन्द्रित हुने खालको काम दिने गरेको आरोप लगाएका थिए ।
अस्पतालमा कार्यरत ४० जना कर्मचारीहरुले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई काम गर्ने वातावरण नभएको भन्दै समुहिक राजिनामाको पत्र पठाएका थिए । मे सु पौडेलले अब आईन्दा अस्पतालमा कुनै पनि समस्या र विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्ता सामान्य विवादहरु आएमा पनि आन्तरीक छलफलबाटै समाधान गरिने उहाँको भनाई छ । सबैसँग समन्वय र सहकार्य गरेर अस्पतालको विकासमा आफु अहोरात्र लागि पर्ने पनि अस्पताल प्रमुख पौडेलले बताउनुभयो

Share14Tweet9Share2

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

३ असार २०८१, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

३ असार २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३ असार २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

३ असार २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३ असार २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३ असार २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero