मन्थली, ५ असार । दशाैं बिश्व योग दिवस–२०८१को अवसर पारेर साे दिवसकाे जिल्ला स्तरीय मुल समारोह समितिले बुधवार मन्थलीस्थीत देवकोटा चोकमा रक्तदान कार्यक्रमको अयोजना गरेको छ ।

बिश्व याेग दिवस २०८१ जिल्ला स्तरिय मूल अायाेजक सिमितकाे अायाेजना , रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोग र जेसिआई रामेछापको ब्यवस्थापनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ३० जना सहभागि भएका थिए ।
यहि असार ७ गते पर्ने दशौं बिश्व योग दिवस “महिला शसक्तीकरणका लागि योग” भन्ने मूल नाराका साथ सप्ताहब्यापी मनाउने क्रममा रामेछापमा यहि असार १ गतेदेखि ८ गते सम्म विबिध कार्यक्रमको अयोजना गरि मनाइदै छ ।

जस अन्तर्गत यस दिवसका अवसरमा स्थानीय सञ्चार माध्यमहरुले योग साधना सँग सम्बन्धित लेख रचनाहरु प्रकाशन गर्ने, योग साधना सँग सम्बन्धित संस्था वा ब्यक्तिहरुले जिल्लाका विद्यालयहरु सँग समन्वय योग अभ्यास र ध्यान सगँ सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने र शुक्रवार बिहान प्रभातफेरी र शुभकामना आदान प्रदान र ८ गते बिहान रामेछाप को भंगेरी बाट डुकुरसिं डाँडा सम्म दौड तथा पैदल यात्रा गरी योग दिवस मनाउने कार्यक्रम तय भएको योग दिवस –२०८१ मुल समारोह समितिकी संयोजक एबं प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो ।
यो दिवस हरेक वर्ष २१ जुन का दिन मनाइन्छ,उक्त दिनलाई वर्ष भरिकै लामो दिनका रुपमा पनि लिइन्छ ।
यो बारेमा तपाईको प्रतिकृया