Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्बा शैलुङ्ग गाँउपालिकामा पहिरोमा परी हराइरहेका चार मध्ये एक जनाको शव भेटियो

नेपाल अभियान नेपाल अभियान
१० भाद्र २०८१, सोमबार
in समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


मन्थली, १० भदौै । रामेछापको दोरम्बा शैलुङ्ग गाँउपालिका वडा नं ३ मा गएराति गएको पहिरोमा परी हराइरहेका ४ जना मध्ये १ जनाको शव फेला परेको छ ।
सोमवार नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयले खोजतलास गर्ने क्रममा ७५ बर्षिया पुडकी पहरीको शव फेला परेको हो ।


जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपनेले दिनुभएको जानकारी अनुसार आज सोमवार दिउसो २ः३० वजे सम्म खोजतलास गरिएको र त्यस पछि सो ठाउमा भिषण प्रतिकुल मौसम भएका कारण खोजतलास कार्य रोकिएको छ । मौसम अनुकुल हुनासाथ पुन खोजतलास सुरु गर्ने जनाइएको छ ।


यसै विच जोखिम युक्त क्षेत्र रहेको सो टोलमा रहेका ६५ घर परिवार मध्ये ३ घर पहिरोले वगाएको १ घर पुरेको र वाकी रहेका घरपरिवारका १८० जनालाई स्थानीय कण्ठेश्वर मावि टोकरपुर र दोरम्बा शैलुङ्ग गाँउपालिकाको खाली कोठामा सारिएको गाँउपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताउनुभयो ।


उनीहरुलाई खान र वस्नको लागि हाललाई गाँउपालिकाले ब्यवस्था गरेको छ पनि जिल्ला विपद ब्यवस्थापन समितिले ७० थान त्रिपाल उपलब्ध गराएको छ ।
उक्त पहिरोमा परी दोरम्बा शैलुङ्ग ३ लेखर्कका ५५ बर्षका काले पहरी, ५० वर्षका झ्याइपुरी पहरी र २१ बर्षिया बिन्दा पहरी हराइरहेका छन् ।
पहिरोमा परी सो वडाकी ३० बर्षिय चण्डीका श्रेष्ठ , निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोहि वडाका क्रमश वर्ष ५७ की उर्मिला पहरी ,वर्ष ३० का सन्दिप पहरी ,वर्ष ११ का सन्तोष पहरी वर्ष १४ का विज्ञान पहरी को ज्यान गएको थियो ।


उक्त स्थानमा गएको पहिरो र जोखिम युक्त वस्ती स्थानान्तरण सम्बन्धि अध्ययन गर्न जिल्ला विपत ब्यवस्थापन समितिको सोमवार वसेको बैठकले समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको संयोजकत्वमा जनस्वास्थ्य कार्यालय, रामेछाप उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटि पत्रकार महासंघ,गैर सरकारी संस्था महासंघ र सम्बन्धित गाँउपालिकाको अधिकृत प्रतिनिधि सहित ७ सदस्यीय आबश्यकता पहिचाहन समिति गठन गरेको हो ।

सो समितिले जिल्लाका विभिन्न ठाउमा गएको बाढि पहिरो र अन्य जोखिमका वारेमा आजदेखिनै काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो । बैठकमा पहिरो पिडितलाई गाँउपालिका मार्फत एक द्वार प्रणाली मार्फत राहत वितरण गर्ने प्रदेश सरकार वाट प्राप्त राहत रकम तथा सामाग्री प्राप्त भए पश्चात तत्काल उपलब्ध गराउने, सो पालिकाको वडा नं १ २ र ३ पहिरो जोखिम क्षेत्रहरुको अध्ययन गर्न विज्ञ टोली खटाउने साथै पाँच सय त्रिपाल र ५० थान टेन्ट प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय सँग माग गर्ने लगाएतका १३ बुँदे निर्णय गरिएको छ ।

Share15Tweet9Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१० भाद्र २०८१, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१० भाद्र २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१० भाद्र २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१० भाद्र २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१० भाद्र २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१० भाद्र २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero