Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु तामाकोशीमा सार्वजनिक सुनुवाई

नेपाल अभियान नेपाल अभियान
२७ भाद्र २०८१, बिहीबार
in समाचार, समाज
0
26
SHARES
Share on FacebookShare on Twitter


धोवी (रामेछाप) ,२७ भदौ । आर्थिक वर्ष २०८०÷०८१ मा संचालन भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताको विषयमा लिखुतामाकोशी गाँउपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।


गाउँपालिकाले पालिका भित्रका राजनितिक दल र सबै सरोकारवाला हरु समेतको रोहवरमा आफ्ना सबै जन प्रतिनिधिहरुलाई मुख्य जवाफदेही बनाएर सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।
कार्यक्रमका अवसरमा सहभागिहरुले पालिकाको दीर्घकालिन र अल्पकालिन विकासका काम , तीनको गुणस्तरीयताको अवस्था ,त्यसमा पालिकाले गरेको काम र खेल्नु पर्ने भूमिकाका बारेमा हाक्का हाक्की प्रश्न गरेका थिए ।


सो क्रममा उनीहरुले पालिकाको भवन निर्माणका लागि पालिकाको सिंगो वजेट त्यस तर्फनै लगाएकोले अन्य दीगो विकाका काममा अवरोध पुगेको भन्दै पालिकाको ध्यानाकर्षण गराएका थिए । सहभागीले विकास निर्माण तथा पूर्वाधारका विषयलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरेका थिए । उनीहरूले आफ्ना समस्या र पालिकाले गरेको काम बारे खुलेर प्रश्न गरेका थिए भने जन प्रतिनिधिले पनि उठेको प्रश्नको जवाफ दिएका थिए ।


सो अवसरमा जवाफ दिँदै गाउँपालिका अध्यक्ष केशव महतले नागरिकमा असिमित आबश्यकताहरु भएको र गाउँपालिकामा स्रोत र साधनको कमी भएका कारण चाहे जति विकास गर्न नसकेको बताउनुभयो । गाउँपालिकालाई समुन्नत बनाउन सामूहिक प्रयास आवश्यक रहेको समेत अध्यक्ष महतले बताउनुभयो । विकास निर्माण गर्न तथा समाज परिवर्तन गर्न गाउँपालिकाका नागरिक सबै मिल्नु पर्नेमा उहाँको जोड थियो । महतले यो क्षेत्र कृषीका लागि सम्भावित क्षेत्र भएकोले ब्यवसायिक कृषिमा लाग्न सबैलाई अनुरोध गर्नुभयो ।


मंगलबार भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दिपा पाख्रिन, प्रमुख प्रशासकिय अधिकृत धनेन्द्र भुजेल र वडा अध्यक्षहरू प्रमुख बक्ताका रुपमा सहभागि थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष सहित अन्य पत्रकारहरु, कार्यपालिका सदस्यहरू,राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीयहरूको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रमको सहजिकरण गर्दै सान नेपालका अध्यक्ष उमँग मैनालीले नागरिक बाट उठेका कुरा र विषयलाई गम्भिर रुपमा लिएर पालिकाको सर्वाङ्गीण विकास संगै शुसासनमा टेवा पुर्याउन पनि सिंगो पालिकाको टिमलाई अनुरोध गर्नुभएको थियो ।

Share10Tweet7Share2

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२७ भाद्र २०८१, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२७ भाद्र २०८१, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२७ भाद्र २०८१, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२७ भाद्र २०८१, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२७ भाद्र २०८१, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२७ भाद्र २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero