मन्थली,२९ भदौ । रामेछाप जिल्लाबाट प्रकाशित हुने गन्तब्य टुडे राष्ट्रिय दैनिकले आफ्नो आठौं बार्षिकोत्वसको अवसर पारेर पत्रकार एबं नेपाल अभियान मिडिया ग्रुप प्रालिका अध्यक्ष बद्रि नयाँघरे लाई सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहनुभएका नयाँघरेलाई उक्त वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एबं सस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले सकृय पत्रकारका रुपमा नगद रु २० हजार सहित सम्मानित गर्नु भएको हो ।
सो अबसरमा बोल्दै मन्त्री ठकुरीले सञ्चारको विकास बिना अन्य क्षेत्रको विकास नहुने भएकोले यस क्षेत्रको विकासका लागि आफु सधै लागिपर्ने बताउनुभयो ।
गन्तब्य टुडे दैनिकका प्रबन्ध निर्देशक कल्याण बुढाथोकीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली नगर प्रमुख लव श्रेष्ठ, रामेछाप नगर प्रमुख लवश्री न्यौपाने, नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति लेख बहादुर कार्की, पत्रकार महासंघ रामेछापका अध्यक्ष नयाँघरे लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सो अबसरमा समृद्ध रामेछाप निर्माणमा सरोकार वालाहरुको भुमिका विषयक वहस समेत सञ्चालन गरिएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया