Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनारपानीमा वलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुग्यो, मन्थली नगरपालिका ले भोलि शोक विदा दिने

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ आश्विन २०८१, आईतवार
in समाचार, समाज
0
168
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ६ असोज । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं –५ स्थित सुनारपानीमा वलेरो दुर्घटना मा परी मृत्यु हुनेको सख्या दुई पुगेको छ ।

मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रविन कुमार कार्की अनुसार गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ बर्षिय दिलिप कुमार वरुवालको उपचारका क्रममा धुलिखेल अस्पताल मा मृत्यू भए सँगै मृत्यू हुनेको संख्या दुई पुगेको हो ।
जिल्ला सदरमुकाम मन्थली बाट सालु तर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप वलेरो आइतवार दिउसो १ बजे सुनारपानीको भदौरे मोडमा दुर्घटना हुँदा मन्थलीनगरपालिका वडा नं ४ कि ६० वर्षिय पदम माया नेपालीको घट्ना स्थलमै मृत्यु भएको थियो । उनी वडा नं–४ कि दलित महिला वडा सदस्य समेत हुन् ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका मन्थली न पा–४ का ४२ बर्षिय वलेरो चालक गुनकुमार थापामगरको धुलिखेल अस्पतालमा उचार भैरहेको छ ।

अन्य घाइते हुनेहरुमा सोही वडाकी वर्ष ३४ की सीता नेपाली बर्ष २५ कि सुजिता रसाइली, वर्ष २५ कै सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपालीको मन्थलीस्थीत रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भैरहेको छ ।
मन्थली बाट सुनारपानी हुँदै भित्री कच्ची सडक प्रयोग गरी सालु तर्फ जादै गरेको उक्त वलेरो अनियन्त्रित भई सडक वाट करिव १ सय ५० मिटर तल खसेको थियो ।

यसै विच अफ्नो नगर सभा सदस्य एबं वडा नं ४ की दलित महिला सदस्य पदममाया नेपालीको उक्त घटनामा परी मृत्यू भएका कारण मन्थली नगरपालिकाले शोक विज्ञप्ती जारी गरी नेपालीको निधन प्रति गहिरो दुख प्रकट गरको छ । उक्त घटनाका कारण भोलि सोमवार मन्थली नगरपालिकाले शोक विदा दिने निर्णय समेत गरेको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत हेमन्त बुढाथोकी द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा मन्थली नगरपालिका र सो अन्तर्गतको १४ वटै वडामा अत्यावश्यक काम भन्दा वाहेकका सबै सेवा वन्द हुने कुरा जनाइएको छ ।

Share67Tweet42Share12

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ आश्विन २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ आश्विन २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

६ आश्विन २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ आश्विन २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ आश्विन २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ आश्विन २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero