Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आइतवार बाट सकियो माझीहरुको सराद

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ आश्विन २०८१, आईतवार
in समाचार, समाज
0
64
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ६ असोज । माझी समुदायको परम्पराको रुपमा रहेको सराद आज (आइतवार) बाट बिधिवत रुपमा समापन भएको छ ।
बिशेषगरी नदिकीनारमा वासोवास गर्ने माझी जातिहरुको पुख्र्यौली पेशा विभिन्न घाटहरुमा डुंगा तार्ने र माछा मार्ने हो । तर उनीहरुको पुख्यौली पेशा बिभिन्न कारणले संकटमा परेपनि आफ्नो सस्कृति जोगाउन भने उनीहरु कम्मर कसेर लागेका हुन् ।

माझी समुदायमा १ बर्ष भरी मृत्यू भएका पितृको संझना गर्ने श्राद्धको परम्परा छुट्टै रहेको छ । यो समुदायले विहिवार वा शुक्रवार वाट सुरु गरेर तेस्रो दिन पितृ विसर्जन गर्ने चलन छ । सोह् श्राद्ध लागेको पुर्णिमाको दिनदेखि उनीहरुको सराद सुरु हुन्छ । तर बुधवार भने उनीहरुको शुभ साइतको वार भएको हुनाले पितृ वोलाउने कर्म भने यस बार बाट सुरु हुँदैन ।

पहिलो दिन पितृ वोलाउने लाई थाल्ने नदी तथा कोशी छेउमा बाजा गाजाका साथ गई पुजाआजा गरी घर फर्केर पितृको रातभर सम्झना गर्ने र तेस्रोदिन विहानै पुन नदीमै लगेर पितृकर्मका लागि प्रयोग गरिएका फुलपाति र अन्य प्रसादीहरु सेलानउने कार्यलाई फाल्ने दिन भनिन्छ ।
सोहि अनुसार यहि सुक्रावार देखि सुरु भएको उनीहरुको पितृ कर्म आज (आइवार) समापन भएको मन्थली नगरपालिका वडा नं – ८ गाइखुराका कृष्ण बहादुर माझीले बताउनुभयो ।

जिल्लामा हुने गरेका विभिन्न रयाली तथा कार्यक्रमहरुमा आफ्नो पहिचाहन दिने गरी सहभागि हुने गरेका रामेछापका माझी समुदायमा सोह्र श्राद्ध भित्र आउने विहिवार वा शुक्रवार देखि सुरु गरिने उक्त श्राद्ध तीन दिन सम्म सञ्चालन हुने गर्दछ । माझी भाषमा श्राद्ध लाई सरात र पितृ लाई पितर भन्ने गरिन्छ ।
कुनै ब्यक्तिको सोह् श्राद्ध सुरु नहुँदै मृत्यु भएमा त्यहि सोह् श्राद्ध भित्र नै उसको श्राद्ध सकिन्छ । एउटा श्राद्ध सकेपछि बर्ष भरी मृत्यू भएका सबै पितृहरुको सम्झनामा अर्को सोह् श्राद्ध मा मात्र यी विभिन्न बिधिहरु अपनाएर सराद सक्ने चलन छ ।

एउटा श्राद्ध सकेपछि एक वर्ष भरी मृत्यू भएका हरुको श्राद्ध गर्न फेरी सोह् श्राद्ध आउनु पर्दछ । सोह् श्राद्धको पुर्णिमाको दिन देखि माझीहरुको सरात सुरु हुने मन्थली ८ का वालकृष्ण माझी बताउनुहुन्छ ।

त्यसैगरी उहाँका अनुसार उक्त दिन देखि चोखो खाएर आबश्यक सामानहरु तयार पारी विभिन्न विधि मार्फत सराद सुरुगर्र्नेे चलन छ । पुणिमा को दिन एक वर्ष सम्म रोकिएका वाजागाजा फुकाएर गित गाएर नाचगान गरेर सरादको तयारी गरिन्छ ।

सरादको पहिलो दिन पितृ (पितर)को फोटो राखेर पितृ प्रसाद चढाइन्छ पितृ प्रसाद चढाउन दाजुभाई र चेलिवेटीहरु जम्मा हुने चलन रहेको र प्रसाद चढाएपछि गाँउका वुढापाकाहरु जम्मा भएर मादल वजाउदै पितृलाई गित मार्फत वोलाउने आरधना गर्ने चलन रहेको साथै गाँउभरीका मानिसहरु जम्मा भएर पितृ प्रसाद ग्रहण गरी त्यस दिन विदा चलन समेत यस बेला रहेको मन्थली न पा ६ का रमले माझीले बताउनुभयो ।

दोस्रो दिन अर्थात पाल्ने दिन विहानै पितृ आउने बाटो सफा पार्ने एबं खन्ने काम गरिन्छ । पितृको स्वर्गमा वास होस भन्ने कामना गर्दै वाटो खन्ने काम गरिएको मन्थली न पा ७ का निर्माण माझीले बताउनुभयो ।

त्यसपछि खुल्ला ठाँउमा पितरा वनाएर पुजाआजा गर्ने र नाचगान गर्ने गरिन्छ । यस बेला चेलिवेटीहरुको बढि महत्व हुन्छ । उक्त दिन दिनभर नाचगान गरी घोडा दौडाउने, विभिन्न मनोरन्जनात्मक कृयाकलापहरु गर्ने गरिन्छ ।

नदिमा पुजाआजा सकेपछि पितृको तस्वीर र पुजाआजाका समाग्री घरमा ल्याइन्छ , उक्त दिन रातभर वाजागाजा सहित नाचगान गरिन्छ र तेस्रो दिन विहान सबैरै घाम नझुल्कदै पितृपुजाका लागि प्रयोग गरिएका फुलपाती वत्ती र अन्य सामाग्रीहरु नदि तथा कोशीमा सोलाएपछि माझी हरुको सराद सकिन्छ ।
परम्परा देखि चलिअएको उक्त संस्कार युवा पुस्तामा सर्दै आएको छ । बुढापाकाहरु सँग आफुहरुले यो परम्पराका वारेमा सिकिरहेको मन्थली ८ गाइखुराका अम्बिका माझीले बताउनुभयो ।

रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिका लिखु तामाकोशी गाँउपालिका, खाँडादेवी गाँउपालिका,सुनापति गाँउपालिका मा गरी करिव १४ हजारको हाराहारीमा माझीहरुको जातिको वसोवास रहेको छ ।

माझी समुदायको सस्कृति जोगाउन आवबश्य वाद्यबादनका सामाग्री हरुसमेत मन्थली नगरपालिकाले सहयोग गरेको छ ।
माझी समुदायका सस्कृतिहरु जोगाउने प्रयास स्वरुप मन्थली नगरपलिका मार्फत विभिन्न बाद्य वादनका सामाग्रीहरु यस समुदायलाई हस्तान्तरण गरिएको पनि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।

Share26Tweet16Share4

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

६ आश्विन २०८१, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

६ आश्विन २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

६ आश्विन २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

६ आश्विन २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ आश्विन २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ आश्विन २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero