मन्थली,७ असोज । रामेछाप जिल्लामा आइतवार मात्र हाजिर हुनुभएका प्रमुख जिल्ला अधिकारी राजु पैडेलले जिल्लाको सबै क्षेत्रलाई समेटेर आफुले काम गर्ने बताउनुभएको छ ।
सो कुरा उहाँले सोमवार जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला स्थित सञ्चारकर्मीहरु सँगको भेटघाटका अवसरमा बताउनु भएको हो ।
उहाँले आफुले काम गर्दा शान्ति शुरक्षा,सुशासन र सेवामा सहजिकरण, विकासमा समन्वय एबं विपद ब्यवस्थापन लाई महत्व दिइ काम गर्ने बताउनु भएको छ ।
यस अघि विभिन्न जिल्लामा प्रजिको भुमिका निर्वाह गरीसकेको वताउने प्रजिअ पौडेलले सञ्चारकर्मीहरुले दिएको वजार अनुगमन, हाइड्रो पावर को दादागिरी, यातायातका साधनहरुको ब्यवस्थापन,सूचनाको पहँुच लगाएतका विषयमा सुझाव दिएका थिए ।
उहाले सोमवार नै राजनितिक दलका प्रमुख एबं प्रतिनिधिहरु सँग समेत सुझाव लिएको बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया