मन्थली,१९ असोज । शनिवार विहान दोलखाको मालुखोला नजिक अबरुद्ध मन्थली–चरिकोट –काठमाण्डौ यातायात शनिवार दिउसो ३ बजेदेखि खुलेको छ ।
भासिएको सडक छेउ बाटै अस्थायी ड्राइभर्सन निर्माण गरी वाटो खोलिएको हो ।
दोलखा जिल्लाको मेलुङ गाँउपालिका स्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाँउमा बाटो तामाकोशी नदिकिनारमा भासिएपछि विहानदेखि सवारी अवागमन अबरुद्ध बनेको थियो ।
मन्थली बाट खुर्कोट हुँदै नेपालथोक – काठमाण्डौ सम्मको आवगामन खुर्कोटमा भएको पुल वगाएपछि र नेपालथोक देखि भकुण्डे वेसी सम्मको सडक रोशी खोलाले बगाएपछि ठबैकल्पिक मार्गका रुपमा मन्थली बाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचउर निस्केर काठमाण्डौ आउने जाने गरी बाटो तीन दिन अघिमात्र खुलाइएको थियो ।
बाटो अबरुद्ध भएपछि रामेछाप,सोलु र ओखलढुंगा जिल्लाका विभिन्न भागवाट काठमाण्डौ जाने र तीनै स्थानहरुका लागि काठमाण्डौ बाट छुटेका मालवाहक र यात्रुवाहक सवारी साधनहरु सोहि ठाँउमै रोकिएका थिए ।
बाटो अबरुद्ध भएको करिब ६ घण्टा पछि वाटो खुलाइएको मेलुङ गाँउपालिकाका अध्यक्ष हिरा थोकरले जनाकारी दिनुभयो । बाटो खुलेपछि रोकिएका सवारीसाधनहरु सम्बन्धित गन्तब्यतर्फ लागेका छन् ।
यो बारेमा तपाईको प्रतिकृया