मन्थली,१४ कार्तिक । सामाजिक र साहित्यीक ब्यक्तित्वका रुपमा चिनिनुभएका स्व.जगदिश घिमिरेको आज ११ औ श्रद्धाञ्जली सभा गरिएको छ ।
जगदिश घिमिरे प्रतिष्ठान, तामाकोशी सेवा समिति, तामाकोशी अस्पताल र मन्थली बचत द्धारा संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रम तामाकोशी सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
२००२ साल चैत्र २८ गते जन्मिनुभएका घिमिरेको २०७० कार्तिक १४ गते माइलोमा रोगका कारण मृत्यू भएको थियो ।
जिल्लाको सामाजिक विकासमा अग्रणी भूमिका खेल्नुभएका घिमिरेले स्थापना गरको तामाकाशी सेवा समिति नामक गैर सरकारी संस्थाले हाल सम्म पनि विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।
उहाले धनि र गरिव दुवैलाई एकै मालामा गास्ने गरी सहकारी संस्था स्थापना गर्नु भयो भने सस्तो ब्यजदरमा ऋण लिई आय आर्जन गर्न चाहानेहरुका लागि मन्थली बचत तथा ऋण सहकारी संस्था खोलेर कृयासिल बनाउनु भयो । अहिले यो संस्था जिल्लाकै ठुलो र अग्रणी संस्थाको रुपमा कायम छ ।
निम्न, मध्यम र उत्तम सबै वर्गको हक हितका पक्षमा लागि पर्ने घिमिरेले सामाजिक, साहित्यिक र पत्रकारीता क्षेत्रमा काम गरेकोले उहाँको योगदान आफुहरुले कहिल्यै नविर्सने मन्थली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोबिन्द घिमिरेले कार्यक्रम सञ्चालनका क्रममा वताउनुभयो ।
उहाले कुनै पनि नागरिक औषिधि र उपचारको अभावमा ज्यान गुमाउनु नपरोस भनि रामेछापका गाँउ गाँउमा निःशुल्क औषधि वितरण सहित आफ्नो गैर सरकारी संस्था मार्फत नै तामाकोशी अस्पताल स्थापना गर्नुभयो । उक्त अस्पताल अहिले पनि सुचारु छ ।
कार्यक्रमको अध्यक्ष समेत रहनु भएका गुन्ज बहादुर श्रेष्ठले उहाको योदानको चर्चा गर्दै घिमिरले देखाएको बाटोेमा हिड्न आफुहरु लागिपरीरहेको बताउनुभयो ।
साहित्यीक क्षेत्रमा लिलाम, साविति, अन्तरमन्को यात्रा सकस वर्दी, अग्नी सुत्र अन्तरमन्थन लगाएतका एक दर्जन भन्दा बढि किर्तीहरु छाडेर गएका घिमिरेलाई सबेले प्रेरणाका रुपमा लिनुपर्ने पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशल) ले बताउनुभयो ।
सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जगदिश घिमिरेको योगदानको चर्चा गरेर नसकिने भन्दै पत्रकारीता क्षेत्रमा जिल्लामा उहाको ठुलो योगदान रहेको बताउनुभयो ।
उहाको सम्झनामा आज बुधवार तामाकाेशी सेवा समितिकाे परिसरमा ११ औ श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका अवसरमा बोल्दै बहुमुखी प्रतिभाका धनि घिमिरेले आफुले गरेको सबै क्षेत्रको सामज सेवाका बारेमा अन्र्तमनको यात्रामा उल्लेख गरेको कुरा तामाकोशी अस्पतालका मन्थली निर्देशक डा. सुमन कर्माचार्यले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया