मन्थली,१५ कार्तिक । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थलीले दिपावलीको अवसर पारेर आज शुभकामना आदान प्रदान तथा स्नेह मिलन कार्यक्रमको आयोजना गरेको छ ।
सेवा केन्द्रकी प्रमुख सञ्चालिका ब्रम्हाकुमारी सीता दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले दिप प्रज्वलन गरी गर्नु भएको थियो । सो अवसरमा देउसी भैलो खेलिनुका साथै तिहार सम्बन्धि गित तथा नृत्यहरु समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रका आवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यस्ता कार्यक्रमले आफ्नो सस्कृति प्रतीको मोह बृद्धि गर्दै सामाजिक सद्भाव कार्यम गर्ने बताउनुभयो । उहाँले सकरात्मक सोच लिएर स्थापना भएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीलाई आफुले पर्याप्त सहयोग गर्न नसकेको भएपनि आगामी दिनमा सहायोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सो अबसरमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे, ब्रम्हाकुमारी विष्णु दिदी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया