Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकाको बार्षिक समिक्षा सम्पन्न, गत वर्षको खर्च ७७ प्रतिशत

नेपाल अभियान नेपाल अभियान
३१ भाद्र २०७६, मंगलवार
in समाचार, स्थानीय सरकार
0
336
SHARES
Share on FacebookShare on Twitter

३१ भदौ, २०७६

रामेछाप- रामेछाप नगरपालिकाले गत आर्थिक बर्ष २०७५/७६ को बार्षिक समिक्षा गर्दै गत वर्ष भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकामा प्राप्त कुल रकम ६५ करोड ९० लाख ८५ हजार ९ सय तिन रुपैया मध्ये चालु तर्फको खर्च ३२ करोड ९१ लाख ३६ हजार ६ सय १६ रुपैयाँ र पुँजीगत तर्फको खर्च १८ करोड ९२ हजार ८ सय ७५ रुपैयाँ सहित कुल ५० करोड ९२ लाख ८ सय ७५ रुपैयाँ खर्च भएको छ । यसरी समग्र बजेटको ७७ प्रतिशत मात्र खर्च भएको देखिन्छ ।

रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापामगरको अध्यक्षता एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने अधिकासं वडाध्यक्षहरुले नगरपालिकाको बिषयगत कार्यालयहरु मार्फत भएका कामहरु आफूहरुलाई थाहै नदिइ सम्पन्न गुनासो गरेका गरेका छन् । उनीहरुले स्थानीय ढुंगा गिटि र बालुवाको वातावरणिय प्रभाव मुल्याङन पश्चात कार्यपालिकाका सदस्यहरुलाई कुनै जानकारी नगराएर कार्यालयले त्रुटि गरेको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा नगरपालिकाका इन्जिनियर कुशुम भट्टराइले नगरापालिकाले हाल सम्म गरेको स्वास्थ्य, शिक्षा, खानेपानी, पुर्बाधार र लक्षित बर्गको कार्यक्रम तथा घटना दर्ताका बारेमा जानकारी गराउनुका साथै आगामी कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले नगरपालिकाले नागरिकहरुको गुनासो नआउने गरी काम गर्नुपर्ने जोड दिनुभएको छ । उहाँले दशै र तिहार जस्ता चार्डपर्वमा मानिसहरुको आवत जावत बढी हुने हुँदा सडक सफा गरी नगर क्षेत्र भित्रको यातायातलाई सहज बनाउन आग्रह समेत गर्नुभयो ।

नगर प्रमुख नरबहादुर थापामगरले नगरपालिकाले जनताकै पक्षमा हुने गरी राम्रो काम गर्ने तर काम गर्ने क्रममा कतै साना तिना गल्तिहरु हुन सक्ने भएकाले त्यस्ता गल्तीलाई कार्यपालिकाको बैठकमा छलफल गरेर समधान गर्नु पर्ने र त्यसको लागि आफू तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख सृजना खड्काले नगरपालिकाले धेरै राम्रा कामहरु गरेको भएपनि प्रचार प्रसार गर्न नसक्दा कामै नगरेको जस्तो हुन गएको बताउनु भयो । वडा स्तरबाट आएका योजनाहरुलाईनै प्राथमिकता दिने गरेको र अधिकांस योजनाहरुको बारेमा कार्यपालिकामा छलफल हुने गरेको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले आफू कसैको दवार र प्रभावमा परेर काम नगर्ने तर निति र बिधिलाई आत्मसाथ गर्दै काम गर्दा आफू सरुवा हुनु परे पनि तयार रहेको बताउनु भयो । उहाँले कर्मचारीले कार्यालय प्रमुखलाई काम लगाउने की कार्यालय प्रमुखले कर्मचारीलाई काम लगाउने हो ? भनेर प्रश्न गर्दै कार्यालयमा आफू भन्दा माथिल्लो तहको कर्मचारी र जनप्रतिनिधि प्रति उत्तरदायि भएर कानुन अनुसार काम गर्न आग्रह गर्दै आफू पनि नियम भित्रै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका अबसरमा नेकपाका नेता ढाल बिक्रम कार्की, नेपाली काग्रेसका नगर सभापति कमल बिक्रम कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले नगरपालिकाले आगामी दिनमा प्रभाकारी ढंगबाट काम गर्नुपर्ने कुरालाई जोड दिए । वडा नं ५ का वडा अध्यक्ष भिम बहादुर तमाङ, वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीले केहि योजनाहरु कार्यपालिकालाई जानकारी नगराई कर्मचारीले रकमान्तर गरेर कार्यान्वयन गरेकोले कर्मचारीरुले जे मन लाग्छ त्यो गर्न नमिल्ने बताए ।

Share290Tweet19Share5

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ भाद्र २०७६, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ भाद्र २०७६, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ भाद्र २०७६, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३१ भाद्र २०७६, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३१ भाद्र २०७६, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

३१ भाद्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero