Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भूकम्पले भत्काएका विद्यालय धमाधम बन्दै, समय सिमामै काम सक्ने योजना

नेपाल अभियान नेपाल अभियान
३१ भाद्र २०७६, मंगलवार
in समाचार
0
225
SHARES
Share on FacebookShare on Twitter

३१ भदौ, २०७६

मन्थली- २०७२ सालको बिनासकारी भूकम्पबाट पूर्ण रुपमा क्षति भएका विद्यालयहरु धमाधम बन्न थालेका छन् । भूकम्प गएको केही समय पछि सुरु गरिएको विद्यालय पुनर्निर्माणको कार्य अहिले तिब्र रुपमा अगाडी बढीरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) रामेछापको दाबी रहेको छ ।

बिनासकारी भूकम्पका कारण जिल्लामा तीन सय ९४ ओटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा क्षति पुगेको थियो । जस मध्ये अहिले एक सया नौँ ओटा विद्यालयको निर्माण कार्य सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) रामेछापका प्रमुख निर्मल घिमिरेले जानकारी गराउनुभयो । उहाँका अनुसार २७ ओटा विद्यालयको निर्माण सुनिश्चितता भइसकेको छ भने दुई सय २३ ओटा विद्यालय निर्माणाधिन अवस्थामा र ३५ ओटा विद्यालय निर्माण हुन बाँकी रहेका छन् ।

विभिन्न कारणले विद्यालय पुनर्निर्माणको कामलाई तत्काल अगाडी बढाउन नसके पनि काम सुरु भएको समय देखि विद्यार्थीको सुरक्षा र पठनपाठनलाई मध्यनजर गर्दै निर्माणको कामलाई चाँडो भन्दा चाँडो सक्ने गरी कार्यालय लागी परेको प्रमुख घिमिरेले बताउनुभयो । त्यस्तै यस अघि भारतीय सरकारको सहयोगमा बन्ने भनेका ९ ओटा विद्यालयको काममा केही ढिला भए चाँडै काम सुरु गर्ने गरी टेन्डर आहवनको काम अन्तिम चरणमा पुगेको घिमिरेले बताउनुभयो । बाँकी रहेका ३५ ओटा विद्यालय निर्माणको लागि जग्गा व्यवस्थापन र कम विद्यार्थी भएका विद्यालयलाई एकीकरण गरेर पुनर्निर्माणको गर्ने गरी सरोकारवाला निकाय र स्थानीय सरकारसँग समन्वय भइरहेको उहाँको भनाई छ ।

निर्माणाधिन विद्यालयको अनुगमन: गुणस्तरमा ध्यान दिन आग्रह

शर्मा–खानी जेभी काठमाण्डौले दोस्रो चरणमा निर्माण गरिरहेको विद्यालयको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले निर्माण कार्यमा गुणस्तरलाइ कायम राख्न आग्रह गनुभएको छ । प्रजिअ केसी पाण्डेले विद्यार्थीको समस्यालाई ध्यानमा राखेर चाँडो भन्दा चाँडो विद्यालय निर्माणको काम सक्न निर्देशन समेत दिनुभएको छ ।

त्यसैगरी विद्यालय अनुगमनकै क्रममा नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ र नेपाली काग्रेस रामेछापका सचिब लेख बहादुर कार्कीले भवन नभएकै कारण जिल्लामा विद्यार्थीहरुको पठानपाठनमा पुगेको समस्यालाई मध्यनजर गर्दै चाडो काम सक्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले विद्यालय बने पछि त्यसलाई व्यवस्थापनमा स्थानीय सरकार, विद्यार्थी, शिक्षक र अभिभावक जिम्मेवार भए गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताएका छन् । अनुमगनमा जिल्ला समन्वय अधिकारी राजेन्द्र कुमार केसी, प्रमुख कोष नियन्त्रक उमाकान्त आचार्य, प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सन्तोष कुमार भट्टराई, मन्थली–१३ का वडाध्यक्ष राजेन्द्र चौहन, प्राविधिक, पत्रकार लगायतको टोली रहेको थियो ।

समय सिमा भन्दा अगाडी नै काम सम्पन्न हुन्छ : निर्माण कम्पनी

उता पहिलो चरणमा १९ ओटा विद्यालय निर्माणको जिम्मा लिई समयमै काम सम्पन्न गरेको शर्मा–खानी जेभी काठमाण्डौले दोस्रो चरणको काम पनि समय सिमा भन्दा अगाडी नै सक्ने दाबी गरेको छ । दोस्रो चरणमा १२ ओटा विद्यालय पुनर्निर्माणको जिम्मा लिएको शर्मा–खानी जेभी काठमाण्डौका प्रतिनिधि रामबाबु घिमिरेले कम्पनीले जिम्मा लिएका सबै काम समय सिमा भन्दा अगाडी नै सक्ने गरी काम भइरहेको बताउनुभयो । १८ महिनाको समय सिमा पाएको निर्माण कम्पनीले ८ महिनामा ६० प्रतिशत भन्दा बढी काम सम्पन्न भएकाले निर्धारित समय अगाडी नै काम सकिने प्रतिनिधि घिमिरेले दाबी गर्नुभयो ।

Share160Tweet27Share8

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

३१ भाद्र २०७६, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

३१ भाद्र २०७६, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

३१ भाद्र २०७६, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

३१ भाद्र २०७६, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

३१ भाद्र २०७६, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

३१ भाद्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.