मन्थली,२१ पुष । नेपाल महिला संघ सुनकोशी गाँउपालिकाको शनिवार सुनकाेशी काे बाेहाेरेटारमा सम्मन्न दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
नेपाल महिला संघ सुनकोसी गाँउपालिकाकी अध्यक्ष शान्ता श्रेष्ठको अध्यक्षता र नेपाल महिला संघकी केन्द्रीय सदस्य एबं बागमती प्रदेश पुर्व स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।
नेपाल महिला संघ सिन्धुलीकी सभापति गंगा दाहालको बिशेष आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले उमा गिरी आचार्यको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
यसरी नवगठित कार्य समितिका पदाधिकारीहरु उप–सभापति,सचिब,सह–सचिब र कोषाध्यक्षमा क्रमशः सरिता थापा,रुषा ढुंगेल,कुमारी उमा प्याकुरेल र कबिता फँुयाल रहनु भएको छ भने सदस्यहरुमा क्रमशः गोमा अर्याल सबिता वराइली,कृष्ण कुमारी भुजेल,लक्ष्मी ढुंगेल,प्यारी माया तामाङ,अस्मिता कोईराला,शान्ता सार्की,हिमाल कुमारी श्रेष्ठ,शारदा श्रेष्ठ र सरीता श्रेष्ठ रहनुभएको नेपाली काँग्रेस सुनकोशी गाँउपालिकाका सभापति चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार –उप–सभापति सचिब र सह –सचिबमा क्रमश अमृता श्रेष्ठ,गोमा चौलागाँई र रन्जु लामा लाई बिधान बमोजिम पदाधिकारीमा मनोनित गरिएको छ भने सुशिला भण्डारी,सिता श्रेष्ठ,सुनिता अधिकारी,नर्मदा कामी,विमला श्रेष्ठ,रुकुमाया श्रेष्ठ र पबित्रा ढुंगेलाई सदस्यमा मनोनित गरिएको छ ।
अधिबेशनका अबसरमा नवनिर्बाचित पदाधिकारी एबं सदस्यहरुलाई प्रमुख अतिथि नेपाली,महिला संघकी सभापति दाहाल,सुनकोशी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइराला,नेपाली काँग्रेस सुनकोशी गाँउपालिकाका सभापति श्रेष्ठ लगाएतले बधाई एबं सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया