मन्थली,१ माघ । दशौं राष्ट्रिय योग दिवस रामेछापको मन्थलीमा विबिध कार्यक्रमका साथ मनाइएको छ ।
जिल्ला स्तरीय योग दिबस मुल समारोह समितिको अयोजना र योग सँग सम्बन्धित विभिन्न संस्थाहरुको सहकार्यमा मंगलवार विहान प्रभातफेरी,प्रवचन,योगाभ्यास र योगका चरणहरुको नमुना प्रदर्शन सहित दिवस मनाइएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलको अध्यक्षतामा सपन्न उक्त कार्यक्रमको बागमती प्रदेशका सांसद एबं उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।
सो अबसरमा बिहान आयोजित र्याली मन्थली वजारका विभिन्न भागहरु परिक्रमा गरी ब्रम्हााकुमारी राजयोग सेवा केन्द्र मन्थलीमा पुगि विभिन्न कार्यक्रमहरु गरको थियो ।
सो अबसरमा पतन्जली योग समिति रामेछापका प्रशिक्षकहरुले योगाभ्यास गराउनुका साथै योगका विभिन्न चरणहरुको नमुना प्रदर्शन समेत गराउनुभएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले योगाभ्यासले मानिस स्वच्छ र तन्दुरुस्त हुने हुनाले सबैले नियमति योग गर्न सके निरोगगीको संख्या बढ्ने बताउनुभयो ।
उहाले यो कार्यमा लाग्ने जोसुकै अनुशासित र इमान्दार समेत हुने भएकोले आफुले जिल्लामा राम्रो योगाहल निर्माणका लागि अबश्यक पहल गर्ने बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया