मन्थली, २८ माघ । रामेछापको मन्थलीमा आज देखि जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
३ दिन सम्म चल्ने बताइएको सो प्रतियोगितामा जिल्लाका ८ वटा पालिका मध्ये खाँडादेवी गाँउपालिका बाहेक ७ वटा पलिका का खेलाडीहरू सहभागि भएका छन् ।
प्रतियोगितामा, छात्र र छात्राको भलिवल, एथ्लेटिक्स,मार्सल आर्ट र कवर्दि जस्ता खेलहरु खेलाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले बताउनुभयो ।
प्ररम्भिक चरणमा गरिएको मार्चपास प्रतियोगितामा रामेछाप नगरपालिका प्रथम, मन्थली नगरपालिका द्धितिय र उमाकुण्ड गाँउपालिकाका खेलाडिहरुले तृतिय स्थान हासिल गरेका थिए ।
प्रतियोगितको उद्घाटन वागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया