मन्थली,१८ फागुन । नेपाली काँग्रेस रामेछापको आइतवार बसेको बैठकले यही चैत्र ५ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन परिचालन तथा ब्यवस्थापन गर्नका लागि कमान खड्का (दिपेन्द्र) को संयोजकत्वमा ५ सदस्यिय निर्देशक समिति गठन गरेको छ ।
निर्देसक समितिको अन्य सदस्यहरुमा कुमार श्रेष्ठ, ढाकल थापा, हिमाल ढुंगेल र जीत बहादुर कटुवाल रहेका छन् ।
सभापति पूर्ण बहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले यस अघि २०७८ चैत्र २२ गते को पार्टिको नवौं बैठकबाट गठन भएको पार्टिको कार्य सम्पादन समिलिाई हेरफेर गरेको,काँग्रेसको कृयासिल सदस्यता नविकरण फारामहरु वडा पालिका र क्षेत्रिय समितिहरुले यही फागुन मसान्त भित्र अनिवार्य भरेर जिल्लामा वुझाइसक्नुपर्ने निर्णय गरेको छ ।
पार्टि प्रबक्ता कुमार श्रेष्ठले आइतवार जारी गरेको बिज्ञप्तिमा बिधान अनुसार गर्नुपर्ने पार्टिको वडा,पालिका र क्षेत्रिय समितिका भेला तथा सम्मेलनहरू यही २०८१ चैत्र मसान्त सम्ममा सम्पन्न गरिसक्नु पर्ने र अधिबेशन गराउन वाँकी रहेका भातृ संस्थाहरुको अधिवेशन यही २०८१ साल चैत्र २० गते सम्म सम्पन्न गरिसक्नुपर्ने निर्णय पनि गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया