मन्थली,२७ चैत्र । रामेछापको मन्थली बुधवार सम्पन्न दुई दिने आँखा शिविरबाट १ सय ५ जना आँखाका रोगीहरुको मोतियाविन्दुको शल्यकृया गरिएको छ । शिविरमा १ सय ५० जनाको आँखा परिक्षण गरिएको थियो भने २ जनालाई तिलगंगा आँखा अस्पतालमा रिफर गरिएको रामेछाप सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मी पुश्कल घिमिरेले बताउनुभयो ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तामाकोशी सेवा समिति, तामाकोशी अस्पताल, रामेछाप सामुदायिक आँखा केन्द्र र मन्थली वचत तथा ऋण सहकारी संस्थार अन्धोपन निवारण आयोजना ले संयुक्त रुपमा उक्त शिविर सञ्चालन गरेका हुन् ।
शिविरबाट रामेछाप, सिन्धुली दोलखा र ओखलढुंगाका आँखाका रोगीहरुले आँखाको परिक्षण र शल्यकृया सेवा प्राप्त गरेका थिए ।
आँखा शिविरमा तिलगंगा आँखा अस्प्तालकी प्रा.डा लिना बज्रचार्य को नेतृत्वमा आएको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा परिक्षण तथा शल्यकृया गरेको रामेछाप सामुदायिक आँखा अस्पतालका प्रमुख उमेश लोप्चनले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया