मन्थली,३ जेठ । रामेछापको मन्थली नगरपालिका स्थित वडा नं –८ गाईखुराका माझी समुदायका मानिसहरु नदी कटान बाट आफ्नो बस्ती र सार्वजनिक स्थल जोगाउँन हप्तौ देखि श्रमदान गरिरहेका छन् ।

गत असोज १२ गते आएको बाढिका कारण आफ्नो त्यस अघि गरिएको बस्ती नजिकको तटबन्धन तामाकोशी नदीले बागाएपछि उक्त तटबन्धन पुनः निर्माण गरी नदी छेउ रहेको सडक , मन्दिर माझी जागरण नामक सामुदायिक भवन, लगाएतका संरचनाहरु जोगाउन उनीहरुले हरेक दिन विहान ५ देखि ६ घण्टा सम्म श्रमदान मार्फत ढुंगा संकलन गरी गारो लगाएर नदीको कटान हुन बाट जोगाउन लागेका हुन् ।
उनीहरुले पटक पटक सरकारका तीनै तहमा अनुरोध गरेपनि स्थानीय तहले धेरै बजेट लाग्ने भएकाले योजना सञ्चालन गर्न नसक्ने बताएका थिए ।
त्यसैले उनीहरुले सरकारी निकायको मुख नताकी आफैले श्रमदान गरी नदी कटान बाट हुने सम्भावित क्षतिलाई न्यूनिकरण गर्न कम्बर कसेर लागेका हुन ।

उक्त समयमा आएको बाढिले सो आसपारमा धेरै क्षति पुर्याएको तर जिल्ला विपद ब्यवस्थापन समिति रामेछाप मार्फत उपलब्ध गराएको रु ५ लाख रुपैयाको करिब १५ मिटर जालि भर्ने, खेल मैदान सम्याउने र खानेपानीको इनार संरक्षण गर्ने काममा सकिएको तर अझै तटबन्धनको काम निक्कै गर्नु पर्ने भएकोले आफुहरुले सरकारको मुख नताकी एक हप्ता सम्म श्रमदान गरी करिव सय मिटर लम्बाइको तटबन्धनका लागि ढुंगा बोक्ने र गारो लगाउने काम गरेको स्थानीय बालकृष्ण माझीले बताउनुभयो ।
उहाँका अनुसार उक्त श्रमदान पछिको गरिएका तटबन्धनकका कारण सो समुदायका ८५ घरधुरी सहितको वस्ती, नजिकै रहेको पक्की सडक, मन्दिर र खेलमैदान जोगिने छ ।
नजिकिदै गएको बर्षाद लाई मध्यनजर गदै उक्त काम गरिएको पनि माझीले बताउनु भयो । उहाले भन्नुभयो काम गर्दा गदै भोक लाग्दा तिहारमा देउसी भैलो खेलेर संकलन गरिएको केहि रकम बाट खर्च गरी खाजाको ब्यवस्था समेत गर्ने गरीएकाे छ ।
यो बारेमा तपाईको प्रतिकृया