मन्थली,४ जेठ । राप्रपाले रामेछापमा पनि राज संस्था पुनःस्थापनाको लागि जिल्ला स्तरीय संयुक्त जनआन्दोलन समिति गठन गरेको छ ।

यसरी नवगठित समितिमा रहनेहरुका संयोजक रामचन्द्र शर्मा कडेल रहनु भएको छ भने सह संयोजकमा शिवजी घिमिरे र शान्ता भुजेल रहनुभएको छ भने सदस्य सचिबमा दिपक कार्की रहनुभएको छ । त्यसैगरी सल्लाहकार सदस्यहरुमा भरत सिं वाइवा, आङ निमा शेर्पा, लक्ष्मी घिमिरे, ठाकुर लामा, राम कुमार थापा, रिता माझी, र योगेन्द्र थापा रहनुभएको राप्रपाका नेता हेमन्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार– यही जेठ १५ गते काठमाण्डौं केन्द्रित कार्यक्रमलाई मध्यनजर गर्दै जिल्लाका कार्यक्रमहरु समेत तय गर्न जिल्ला संयोजकलाई जिम्मेवारी दिने निर्णय भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया