
मन्थली,७ असार । रामेछापको मन्थलीमा माझी जागरण केन्द्रले शनिवार आफ्नो समुदायको जन्मदेखि मुत्यू सम्मको संस्कार र संस्कृति सम्बन्धि अभिमुखीकरण कार्यक्रम गाईखुरामा सम्पन्न गरेको छ ।


कार्यक्रमको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठका नगर प्रमुख श्रेष्ठले अम्खरामा दीप प्रज्वलन गरी गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीय मझे सावाका सदस्य श्री बहादुर माझी र समाज शास्त्री प्रा.डा. कृष्ण भट्ट चन्दले माझी समुदायको सस्कृति र पहिचाहनका वारेमा जानकारी गारउनु भएको थियो ।

माझी समुदायको संस्कार र संस्कृति र साँस्कृतिक पहिचानका बारेमा सबै माझीहरुलाई धेरै कुरा थाहा नभएको ले उनीहरुलाई पहिलो प्राथमिकता दिएर अरु समुदायलाई पनि यसका बारेमा जानकारी गराउने उद्देश्यले यो कार्यक्रको आयोजना गरिएको माझी समुदायका अगुवा बालकृष्ण माझीले बताउनुभयो ।
कार्यक्रमको लागि आर्थिक सहयोग भने नेपाल आदिवासी जनजाति समन्वय परिषद केन्द्रीय समतिले गरेको थियो ।












यो बारेमा तपाईको प्रतिकृया