मन्थली, ८ असार । रामेछापको सदरमुकाम मन्थली सँगै जोडिएको कुनाउरीमा निर्माणाधिन पक्कि मोटरेवल पुल निर्माण कार्य जारी रहेकै बेला भाचिँएको छ ।
निर्माणाधीन अबस्थामा रेबपक्की पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोला देखि वडा नं –७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशी नदीमा निर्माणाधीन अवस्थामा रहेको पुल आईतबार दिउँसो भाँचिएको हो ।

पुलको कामले तिब्रता पाईरहेको अवस्थामा उक्त पुलको वीचको भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो ।
उक्त स्पानलाई प्राविधिकहरुले मर्मत गर्दा हुने प्रतिवेदन दिएका थिए । यसै वीचमा निर्माण कम्पनिले सो भाँचिएको स्पान को मर्मत गरिरहेको र सोही अवस्थामा आज दिउँसो पुलको स्पान पुरै एक्कासी भाचिएको स्थानीय यज्ञप्रसाद ढुंगेलले बताउनुभयो ।
पुलको भाँचिएको स्पार्म पूर्णरुपमा पिल्लर बाट भत्किएर भुईमा झरेको मन्थली नगरपालिका–७ का निर्वतमान् वडा अध्यक्ष सुदर्शन प्रसाईले जानकारी बताउनुभयो ।
पुल भत्किएको खवर थाहा पाउना साथ उक्त ठाउँमा स्थानीयहरुको भिड लागेको थियो ।
२०८२ साल भदौ मसान्त सम्म पुल निर्माण सम्पन्न गर्ने गरि तिब्र गतिमा काम भैरहेको थियो ।
कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको उक्त पुल भत्केपछि लामो प्रतिक्षामा रहेका स्थानीय बासिन्दाहरु समेत चिन्तित छन् ।
सडक विभागले आर्थिक वर्ष २०७७÷७८ मा कुल २२ करोड ५५ लाख ४ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
४ वटा स्पान सहित कुल २ सय ३०मिटर लामो उक्त पुल ११ मिटर चौडाइ रहेको छ ।
पुल निर्माणको काम चलिरहेकै बेला सम्झौता रकमको झण्डै ६० प्रतिशत भन्दा बढी रकम भने निर्माण व्यवसायीले भुक्तानी लिइसकेका छन् ।
पुल सन्चालनमा आएपछि मन्थली –खुर्कोट सडक खण्ड बाट तराइका विभिन्न जिल्लाहरु आवत जावत गर्न र राजधानी काठमाण्डौ का लागि पनि छोटो दुरी पर्दछ । सदरमुकाम मन्थली बाट जिल्लाका ३ वटा पलिका जोड्ने वैकल्पीक मार्गको रुपमा यसलाई लिइएको छ ।













यो बारेमा तपाईको प्रतिकृया