मन्थली, १५ असार । नियमित योगले आफ्नो सुगर,प्रेसर र शल्यकृया (अप्रेशन) गर्न ठिक पारेको रोग नै निको भएको रामेछापको मन्थली नगरपालिका स्थित वडा नं १ की ७६ वर्षिया योग साधिका नर माया कठाएतको अनुभव सुनाउनुभएको छ ।
सो अनुभाव उहाँले ॐ शिवसक्ती कल्याणी योग ध्यान साधना केन्द्र मन्थलीले आफ्नो बार्षिक उत्सव मनाउने सन्दर्भमा अनुभव आदान प्रदान गर्ने क्रममा बताउनुभएको हो ।
आफ्नो टोलमा योग तथा ध्यान केन्द्र स्थापना भएदेखि नियमिति रुपमा योगाभ्यास गर्न केन्द्रमा आउन थालेको केही समय देखि नै आफ्नो, सुगर प्रेसर नर्मल अबस्थामा आएको र अप्रेशन गर्न ठीक पारेको रोग समेत निको भएको बताउनुभयो ।
केन्द्र स्थापना भएको १ पर्ष पुरा भएको अवसरमा केन्द्रले आफ्नो प्रथम बार्षिकोत्सव आइतवार मनाएको हो । सो अबसरमा,नमुना योगाभ्यास,प्रवचन र सम्मान कार्यक्रको आयोजना गरिएको थियो ।

साधना केन्द्रको स्थापना भएदेखि नियमित योगाभ्यासमा सहभागी हुने नरमाया कठायत र योग प्रशिक्षक अनिल घिमिरेलाई सो अबसरमा सम्मान गरिएको थियो ।
कार्यक्रमका अवरमा नियमिति हुने योगमा विभिन्न किसिमले सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो भने नगर प्रमुख लव श्रेष्ठ, पतन्जली योग समितिका जिल्ला अध्यक्ष जगन्नाथ दाहाल, योग साधक वद्री नयाँघरे लगाएतले योगको महत्वका वारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमका अवसरमा दैनिक गरिने योगाभ्यासले मानिस निरोगी हुने , रोग लागेको भएपनि निकोहुने जस्ता कुराहरुलाई जोड दिइएको थियो ।
संस्थाका अध्यक्ष योगेन्द्र न्यौपानेको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया