मन्थली,१४ कार्तिक । नेकपा एमालेको जन संगठन नेपाल उद्योग तथा ब्यवसायि महासंघ रामेछापको शुक्रवार मन्थलीमा सम्पन्न दोस्रो जिल्ला अधिबेशनले सुरेश उदाशको अध्यक्षतामा १९ सदस्यिय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।
नवगठित पदाधिकारीहरुमा उपाध्यक्ष द्वय रुद्र श्रेष्ठ र निरा तामाङ्ग, सचिबमा जयराम मानन्धर उप–सचिब द्वय विष्णुराज कडरिया, लक्ष्मी ढुंङ्गेल कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः सरोज लामा र मोहन कार्की रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा देवचन्द्र कठायत, पुरुषोत्तम बस्नेत, पर्बत बि.क., सुवास फँुयाल,सम्भु बि.क, कृष्ण लगुन, देवी बुढाथोकी, अश्बिन बोहोरा,अर्जुन खत्री,माधब आरण र चेतमान तोलाङ्गे रहनुभएको छ ।












यो बारेमा तपाईको प्रतिकृया