Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ कार्तिक २०८२, मंगलवार
in शिक्षा, समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२५ कार्तिक । लामो विदा पछि खुलेका रामेछाप जिल्लाका दुई वटा विद्यालयहरुमा असोज कार्तिक महिनामा भएको बेमौसमी बार्षाका कारण क्षति पुगेछि पठन पाठन प्रभावित बनको छ ।


रामेछाप नगरपालिका वडा नं–५ मा रहेको शिवालय आधारभूत विद्यालय माझीगाँउ र खाँडादेवी गाँउपालिका वडा नं –७ मा रहेको मावि चोप्राङका विद्यालय भवनका कक्षा कोठाहरुमा क्षति पुगेका कारण ति विद्यालयहरुको पठन पाठन प्रभावित बनेका हुन् ।


शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेलका अनुसार –“माझीगाँउको आधारभूत विद्यालयमा सडक माथिको पहिरो बाट झरेको ठूलो ढुंगाले विद्यालय भवनको छानो सहित सबै कक्षाकोठाहरुमा क्षति पुगेको र मावि चोप्राङ्गमा भएका दुईवटा भवन मध्ये एउटा भवनको सडक दुइवटा कक्षकोठाहरु सडक तर्फ भासिएर पहिरिएका कारण क्षति पुगेर पठन पाठन गराउन अयोग्य भएका छन् ।”


ति बिद्यालयहरु मध्ये माझीगाँउको विद्यालय पूर्ण रुपमा क्षति भएका कारण हाल विद्यालय परिसको खुल्ला चउरमा पठन पाठन गराइने गरिएको छ ।
रामेछाप नगरपालिका, सेतो गुँरास राष्ट्रिय बाल विकास सेवा सहितको सहयोगमा ८ लाख ९३ हजार को लागतमा प्री फ्याव सहितको अस्थायी सिकाई केन्द्र निर्माण भैरहेको रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले बताउनुभयो ।


माझीगाँउको आ बि र चोप्राङ माविको क्षतिको विवरण सहित भवन निर्माण एबं मर्मतकाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठीमी भक्तपुर लाई अनुरोध पत्र लेखेर पठाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्राविधिक सहायक दिनेश नेपालीले बताउनुभयो ।

सडक माथि रहेको मावि चोप्राङको विद्यालय भवन सडक तर्फ पहिरिदा एउटा भवनको दुई वटा कक्षा कोठामा क्षति पुगेर कामै नलाग्ने भएपछि कहिले अर्को भवनको प्यासेज, छत र खुल्ला चउरमा राखेर पढाउन बाध्य हुनु परेको मावि चोप्राङका पूर्व प्रधानाध्यापक कृष्ण प्रसाद घिमिरे बताउनुहुन्छ ।


उहाले भन्नुभयो– “दश जोड दुई सम्म चलेको यो विद्यालयमा त्यसै पनि कक्षा कोठाहरु पर्याप्त थिएनन् । भुकम्प पछि आफ्नो र छिमेकी वडा र पालिकाहरुमा धेरै अधुनिक र सुबिधा सम्पन्न भवनहरु बने तर यहाँ बनेन् । फेरी असोज महिनामा भएको बेमौसमी बर्षाका कारण गएको पहिरोले हाम्रै बिद्यालयमा क्षति पुग्यो । आफुहरुले बिद्यालयको तर्फबाट खाँडादेवी गाँउ पालिका र शिक्षा विकास तथा समन्वय इकाई रामेछापका आबश्यक लिखित जानकारी गराइसकिएको छ ।”


उहाहरुले पहल गरेर नयाँ भवन वनाउने वा मर्मत गर्ने केही गर्नु भयो भने बिद्यार्थीहरुलाई सहज होला नत्र कठीनका साथ पढाउनु पर्ने बाध्यता भएको पनि घिमिरेले बताउनुभयो ।


उक्त घटनाको वारेमा जानकारी पाएपछि विपद ब्यवस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्र्रमुख गजुरेल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु एबं सम्बन्धित पालिकाका प्रमुख एबं प्रतिनिधि सहितको टोलीले उक्त क्षतिको अनुमगन गरी फर्केको थियो ।


उक्त अनुगमन पश्चात रामेछाप नगरपालिका ५ स्थित माझीगाँउको विद्यालय को अस्थायी भवन निर्माण हुन लागेको भएपनि मावि चोप्राङको क्षति भएको भवन को मर्मत तथा नयाँ निर्माणको कार्य अझै थालनी हुन सकेको छैन ।

Share9Tweet6Share2

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२६ कार्तिक २०८२, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२६ कार्तिक २०८२, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ कार्तिक २०८२, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ कार्तिक २०८२, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ कार्तिक २०८२, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२६ कार्तिक २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero