मन्थली,६ मङ्सिर । रामेछापको मन्थली नगरपालिकाले विहीवार देखि आयोजना गरेको आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली माविले जितेको छ ।
पालिका भरका २१ वटा माध्यामिक विद्यालयहरु सहभागिता रहेको यस प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल द्वितिय र कर्कलादेवी बोर्डिङ स्कुल तृतीय भएका थिए भने सन्त्वना पुरस्कार निलकण्ठेश्वर मावि कठजोरले हात पारेको छ ।
शनिवार समापन समारोहका अबसरमा विजयी प्रतियोगीहरुलाई मन्थली नगर प्रमुख लव श्रेष्ठ, उप प्रमुख इश्वरी कार्की लगाएतले शिल्ड, मेडल प्रमाणपत्र सहित नगद पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया