
मन्थली,१ पुष । शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश , मकवानपुर हेटौडाको आर्थिक सहयोग तथा शिक्षा विकास तथा समन्वय इकाइ रामेछापको आयोजनामा मङ्गलवार जिल्ला सदरमुुकाम मन्थलीमा माध्यामिक तह काे जिल्ला स्तरिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा जिल्लाका ८ पालिका मध्ये तीन वटा पालिका भने अनुपस्थित रहेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलको अध्यक्षता, जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी श्री श्याम कृष्ण थापाकाे बिशेष अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मन्थली मा.वि. मन्थली प्रथम ,श्री शिद्धेश्वर मा.वि बाम्ती र श्री तामाकोकोशी जन जागृत माबि खिम्ती द्वितिय ,जनकल्याण मावि च्यास्कु ले तृतिय पुरस्कार हासिल गरेका थिए भने र शतलिङेश्वर मा.बि गुन्सी सुनापतीले सन्त्वाना पुरस्कर प्राप्त गरेको थियो । कार्यक्रका अबसरमा एक पालिका बाट एक वटा बिद्यालयलाई सहभागि गराइएको थियो । प्रदर्शनी करिब ९ सय भन्दा बढिले अबलोकन गरेको बताइएको छ ।
जिल्लाका ८ वटा पालिका लाई सहभागि गराएर बिज्ञान प्रदर्शनीमा प्रतिस्पर्धा गराउने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाई गोकुलगंङ्गा, दोरम्बा शैलुुङ्ग, र खाँडादेवी गाँउपालिले भने बेवास्था गरेका छन् ।












यो बारेमा तपाईको प्रतिकृया